Photo Source : arthanepal.com

कम्पनी रजिस्ट्रारको कार्यालयले शेयर खरिद बिक्री, कम्पनी दर्ता र लेखापरीक्षकको नियुक्ति हुने सम्बन्धमा बनेका नयाँ कानुनहरू सार्वजनिक गरेको छ। अब सेयर बेच्ने कम्पनी तथा किन्ने ग्राहक दुवै उक्त नियमको दायरामा आउनेछन्।  के के छन् नयाँ नियमहरू? पहिलाभन्दा के फरक भयो? ध्यान दिनुपर्ने कुराहरू के के हुन्? यो लेखले यीनै प्रश्नहरूको जवाफ दिन्छ।

के के छन् नियमहरू?

  • कुनै कम्पनीको आर्थिक कारोबार १० लाखभन्दा बढी छ र सो कम्पनीले शेयर बेच्नको लागि लागत कायम गर्दै छ भने त्यसको लागि कम्पनीको कारोबार खुल्ने बैङ्क स्टेटमेन्ट र अडिटरले दिएको चुक्ता प्रमाण अनिवार्य रुपमा पेस गर्नुपर्छ
  • १० लाख रुपैयाँभन्दा बढीको शेयर किन्ने वा बेच्ने हो भने किन्ने व्यक्तिले बेच्ने व्यक्तिको खातामा रकम जम्मा गरेको बैङ्क स्टेटमेन्ट देखिनुपर्छ। यस्तो स्टेटमेन्टमा बैङ्कको आधिकारिक छाप र हस्ताक्षर अनिवार्य रूपमा हुनुपर्छ
  • १० लाख रुपैयाँभन्दा कमको आर्थिक कारोबार भई कायम भएको शेयर लागत अभिलेख गर्नुपर्दा अडिटर चुक्ता प्रमाण वा बैङ्किङ प्रणालीबाट कारोबार भएको कागज प्रमाण वा दुवै पनि माग गर्न सकिन्छ
  • लेखापरीक्षक (Auditor) नियुक्ति गर्दा लेखापरीक्षकको लाइसेन्स नवीकरण र कर चुक्ता प्रमाण पत्र अनिवार्य रूपमा पेस गर्नुपर्छ
  • कम्पनीको Username Password लिँदा सञ्चालकको नाममा नक्कली सही गरेर कागजात पेस हुने गरेको पनि देखिएको छ। त्यसरी लिइएका Username Password बाट कार्यालयमा पेस गर्नुपर्ने खरिदबिक्री लगायतका कागजहरू पनि किर्ते गरी पेस हुन सक्ने देखिएकाले कार्यालयले यसको नियन्त्रण तथा व्यवस्थित गर्न कम्पनी सञ्चालकहरूको निर्णयबाट आवश्यक कागजातका साथ अख्तियार प्राप्त सञ्चालकलाई कार्यालयमा परिचित गराइ Username Password दिने व्यवस्था गरेको छ।

कहाँ सम्पर्क गर्ने?

थप जानकारीका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छI

फोन: ०१-४२६७२५६

सूचना जस्ताको त्यस्तै:

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img