त्रिपुरेश्वर काठमाडौँ स्थित कम्पनी रजिष्ट्रारको कार्यालयले भर्खरै एक सूचना प्रकाशित गर्दै अब देखि आफ्नो कार्यालयमा प्रवेश गर्न सेवाग्राहीले आफ्नो आधिकारिक परिचयपत्र, अख्तियारनामा सँगै सम्बन्धित कम्पनीबाट एक विशेष परिचय पत्र समेत पेस गर्नु पर्ने नयाँ नियम ल्याएको छ।

नयाँ नियम किन ल्याइएको हो ?

त्रिपुरेश्वर काठमाडौँ स्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी सङ्ख्या, सेवाग्राही सङ्ख्या र फाइल सङ्ख्या वृद्धि हुँदै जाँदा, हिजोआज फाइल हराउने, नभेटिने लगायतका अन्य थुप्रै समस्याहरू आउने गरेको कारण यो नयाँ नियम ल्याइएको बताइएको छ। यस नियम लागु भए सँगै कम्पनीको तर्फबाट अधिकार प्राप्त व्यक्तिले मात्रै आवश्यक कागजात पुर्‍याई कार्यालयमा प्रवेश पाउने हुँदा अनावश्यक भिडभाड कम भई सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ।

कार्यालय प्रवेश गर्न के के कागजात चाहिन्छ?

  • माथिको नमुना अनुसारको परिचयपत्र
  • नेपाल सरकारले जारी गरेको फोटो सहितको परिचयपत्र
  • कानुन व्यवसायी हो भने नेपाल वार काउन्सिलको परिचयपत्र
  • पहिलो पटक दर्ता गर्दै हुनुहुन्छ र स्वयम् संस्थापक हो भने नागरिकता
  • त्यस्तै अख्तियार प्राप्त व्यक्ति भए अख्तियारी सहित सक्कल नागरिकता

यस्तो परिचय पत्र कसले दिन्छ ?

यस्तो परिचयपत्र सम्बन्धित कम्पनीको अध्यक्ष/सञ्चालक/कम्पनी सचिवले प्रमाणित गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सेवा लिन जाने व्यक्तिलाई दिन सक्छन्। यसमा अन्य विवरणहरू सँगै सेवा लिन जाने व्यक्तिको फोटो समेत टाँसिएको हुनु पर्नेछ।

यो नियम कहिलेबाट लागु हुन्छ ?

यो सूचना २०७५/०९/१५ गते प्रकाशित भएको हो। यो सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्रमा अर्थात् २०७५/०९/२२ गतेबाट यो नियम लागु हुन्छ।

सोधपुछका लागि कहाँ सम्पर्क गर्ने?

सम्पर्क नं: ०१-४२६७२५६

परिचयपत्रको नमुना र कार्यालयको आधिकारिक सूचना यस्तो छ:

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल