गृहमन्त्री रामबहादुर थापा ‘बादल’ द्वारा यातायात व्यावसायको क्षेत्रमा व्याप्त अस्वस्थ प्रतिस्पर्धा र सिन्डिकेट अन्त्यका लागि कडा कदम  चालिए सँगै  अब देखी सर्बजानिक सवारी साधन सञ्चालनको व्यवसाय गर्दा कम्पनी ऐन अनुसार  दर्ता गराएर मात्रै सञ्चालन गर्नुपर्छ

कम्पनि दर्ता भएपछि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ ले व्यवस्था गरेअनुसार सार्वजनिक यातायात पञ्जीकरण पनि गर्नुपर्छ । यस अघि सार्वजनिक यातायातको व्यवसाय गर्न चाहनेहरुले यातायात समतिको मातहतमा मात्रै सवारी चलाउँदै आएका थिए भने अब जो कोहिले एउटा मात्रै सवारी किनेर पनि कानुनी रुपमा चलाउन पाउने भएका छन्

प्रक्रिया छोटकरीमा :            

                                                                              

 कम्पनि कसरी दर्ता गर्ने ?

  • दर्ता गर्नका लागि कम्पनी रजिष्ट्रारको वेबसाइट www.ocr.gov.np मा जानुपर्छ र “Reserve a Company Name” लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ ।
  • “To establish a new company” लेखिएको ठाउँमा क्लिक गरि आफ्नो इमेल राख्नुपर्छ र इमेलमा आएको पासवर्ड प्रयोग गरि लग इन गर्नुपर्छ र नयाँ पासवर्ड राख्नुपर्छ । यो लिंकमा कसरी अनाइनबाट कम्पनि दर्ता गर्ने भनेर जानकारी राखिएको छ ।
  • तपाईंले कम्पनीको प्रबन्धपत्र र नियमावली पत्र बनाउनु पर्छ अनि इमेल र पासवर्ड प्रयोग गरि लग-इन गरेर प्रबन्धपत्र र नियमावली पत्र अपलोड गर्नुपर्छ ।
  • अनलाइनको  काम सकिए पछि दुई प्रति प्रबन्धपत्र र नियमावली अनि सबै सञ्चालकको नागरिकताको फोटोकपी लिएर कम्पनी रजिष्ट्रारको कार्यालयमा तपाईं आँफै जानुपर्छ ।
  • कम्पनि दर्ताको काम पुरा भए पछि सवारी पञ्जीकरणका लागि यातायात व्यवस्था विभागमा जानुपर्छ ।

कति खर्च लाग्छ ?

एक करोडसम्म कारोबार गर्ने कम्पनीका लागि १६ हजार र त्योभन्दा बढी भएमा प्रति-करोड ३ हजार थप रकमका दरले राजस्व बुझाउनु पर्छ ।

सवारी पञ्जीकरण कसरी गर्ने ?

यातायात व्यवस्था विभागमा गएर सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ अनुसार सार्वजनिक सवारी पञ्जीकरण गर्न सकिन्छ ।

पञ्जीकरणका लागि आवश्यक पर्ने कागजात :

  • यातायात सेवा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र, यातायात सेवाको प्रबन्धपत्र र नियमावली
  • प्रोप्राइटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र
  • सञ्चालन गर्न खोजेको यातायात सेवाअन्तर्गत रहेको सवारी दर्ताको प्रमाणपत्र,सवारी कर तिरेको निस्सा,जाँचपास र तेस्रो पक्ष विमा
  • यातायात सेवा यसअघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर प्रमाणपत्र (PAN) र कर बुझाएको प्रमाण
  • यातायात सेवाअन्तर्गत काम गर्ने चालक वा परिचालकलाई दिइएको नियमावलीको अनुसूची ६२ बमोजिमको नियुक्तिको प्रतिलिपि र कमर्चारीको विवरण
  • सेवा पञ्जीकृत गर्दा तोकिएबमोजिमको राजस्व दस्तुर बुझाएको रसिद
  • कार्यालय रहेको घरजग्गाको लालपुर्जा वा भाडामा लिएको भए सोको सम्झौता

महत्वपूर्ण कुरा :

  • अन्य व्यक्ति वा संस्थाको नाममा रहेका सवारीसाधनको भाडाको सम्झौता वा करारनामा गरिएका सवारीसाधन भएको अवस्थामा पञ्जीकृत हुनेछैन ।
  • एकपटक सेवा पञ्जीकृत भइसकेको कम्पनीमा थप सवारी पञ्जीकृत गर्दा लाग्ने शुल्क पुनः बुझाउनुपर्नेछ ।

कहाँ सम्पर्क गर्ने ? 

कम्पनी रजिष्ट्रारको कार्यालय
त्रिपुरेश्वर, काठमाडौं, नेपाल                                                    
फोन : ०१ - ४२५९९४८, ४२६३०८९,                                         
४२१५०७७, ४२६१८२१, ४२६७२५६,                                         
http://www.ocr.gov.np/index.php/np/

यातायात व्यवस्था बिभाग

बानेश्वर, काठमाडौँ, नेपाल
फोन : ०१ - ४४७४९२१
https://www.dotm.gov.np/vrs/

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल