Photo Source : 123RF.com

व्यवसाय गर्दै हुनुहुन्छ?

समानको मार्केटिङ गर्न गाह्रो भइरहेको छ?

यदि त्यसो हो भने यसको समाधान गर्न आजको दिनमा धेरै दुख गरिरहनु पर्ने देखिँदैन।

आजका दिनहरू प्रविधिले पनि फड्को मरिसकेको छ।  इन्टरनेटको सहायताबाट अब घरै बसी लाखौँ ग्राहकमाझ सजिलै पुग्न सकिन्छ।  

इन्टरनेटमा थुप्रै नेपाली वेबसाइटहरू बनेका छन् जसमार्फत तपाईँले आफ्ना सामानहरू जस्तै लुगा, जुत्ता, खाना, फोन, क्यामेरा, शृङ्गारका सामाग्री, गाडी मात्र नभई आफ्नो सेवाहरू जस्तै फोटोग्राफी, ब्युटी र मेकअप सर्भिस, स्वास्थ्य उपचार सर्भिस, होम टिउसन आदि समेत बेच्न सक्नुहुन्छ। खुसीको कुरा त के छ भने यी वेबसाइटहरू मध्य धेरै जसो त निःशुल्क छन्।

यी वेबसाइटहरूमा आफ्नो सामान वा सेवाको सही विवरण सहितको फोटो राखी तपाईँले आफ्ना सामान हजारौँ र लाखौँको सङ्ख्यासम्म पुर्‍याउन सक्नुहुन्छ।  

सामान बेच्दा तपाईँले ग्राहकमाझ विश्वसनीयता कायम गर्न सकेमा अनलाइन मै तपाईका थुप्रै दिगो ग्राहकहरू बन्ने सम्भावना हुन्छ।

यो घरमै बसी व्यवसायको नि:शुल्क वा न्यूनतम शुल्कमा अनलाइन मार्केटिङ गर्ने एउटा निकै उत्तम उपाय पनि हो।

यी हुन् २५ वटा समान किन-बेच का लागि बनेका नेपाली वेबसाइटहरू:

यी वेबसाइटमा आफ्नो खाता रेजिस्टर गरी तपाईँले आफ्ना सामानहरू बेच्न सक्नुहुन्छ। तपाइहरूलाई यस्तै अन्य वेबसाइटहरू थाहा छन् भने कृपया हामीलाई जानकारी गराउनु होला। त्यी वेबसाइटलाई हामी माथिको सूचीमा समावेश गर्ने प्रयास गर्नेछौँ।

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img