वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनी जस्तै, लघु वित्त (माइक्रो फाइनान्स)ले पनि वित्तीय सेवा दिइरहेको हुन्छ। अझ थोरै कमाउने तथा बैङ्कहरूसम्म सिधा पहुँच नभएका व्यक्तिहरूलाई यसले विशेष सेवा पुर्याइरहेको देखिन्छ। यसले सानो सानो बचत सुविधा मार्फत बचत गर्न प्रोत्साहन त गर्छ नै सँगै ऋण निकालेर केही व्यवसय गर्न चाहनेलाई बिना धितो ऋण पनि दिन्छ। यो लेखमा हामी त्यही ऋण कसरी निकाल्ने भन्ने बारेमा कुराकानी गर्दैछौँ।

के कस्तो कर्जा दिन्छ?

  • साधारण कर्जा
  • कृषि कर्जा
  • लघु उद्यम कर्जा
  • ऊर्जा कर्जा
  • वैदेशिक रोजगार कर्जा
  • शैक्षिक कर्जा
  • आकस्मिक कर्जा
  • घर घडेरी कर्जा, आदि

ऋण लिनको लागि के गर्नुपर्छ?

  • सुरुमा त स्थानीय रूपमा सञ्चालन भएको लघुवित्तको समूहमा आबद्ध हुनुपर्छ।
  • तपाईँलाई कसरी सजिलो लाग्छ त्यो हिसाबले हरेक दिन, साता वा महिनामा केही रकम अनिवार्य बचत गर्नुपर्छ।
    • बचत नगरी ऋण लिन पाइँदैन।
  • तपाईँको बचत रकम र सक्रियतालाई हेरेर रु. ५ लाख सम्म बिना धितो, समूहमा जमानी राखेर दिइन्छ।
    • तर त्योभन्दा धेरै ऋण भए चाहिँ धितो राख्नुपर्ने हुन्छ।

ब्याजदर कति हुन्छ?

बैङ्कभन्दा लघुवित्तले दिने कर्जाको ब्याजदर अलिक बढी नै हुन्छ। ब्याजदर १६% देखि २०% सम्म हुन्छ।

हालसम्म लघुवित्तले कुन क्षेत्रमा बढी ऋण दिइएको छ?

लघु वित्त संस्थाले सबैभन्दा बढी कर्जा कृषिसँग सम्बन्धित व्यवसाय (फलफुल, तरकारी, पशुपालन), घरेलु उद्योगका लागि र व्यापार क्षेत्र (स–साना किराना पसल, होटेल)का लागि कर्जा उपलब्ध गराउँदै आएको छ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल