Photo Source : ICIMOD

एउटा व्यक्तिले आफू सफल उद्यमी बन्नको लागि विभिन्न भूमिकाहरु निभाउनु पर्ने हुन्छ । जस्तै : बजारमा नभएको नवीन र सृजनात्मक प्रविधिहरू प्रयोग भएको समान उत्पादन गर्ने र बेच्ने, सकेसम्म जोखिम मोलेर थोरै लगानीबाट धेरै उत्पादन र फाइदा लिने,  आफ्नो समानको बारेमा ग्रहाकलाई ठिक जानकारी दिने जस्ता  भूमिकाहरु एउटा उद्यमीले निभाउनै पर्ने हुन्छ | एउटा उद्यमीले आफ्नो उद्यम/व्यवसाय सञ्चालन गर्दा  मुख्य रूपमा निभाउनु पर्ने यस्तै भूमिकाहरु  निम्नलिखित छन्:

व्यवसायलाई काम लाग्ने किसिमको योजना बनाउने

योजना बनाउदा आफ्नो पुँजी अनुसर सरल र सहज किसिमको बनाउनुपर्छ। धेरै खर्च गरेर राम्रो वा आकर्षण योजना बनाउन खोज्यो  भने पछी व्यवसाय सुरु गर्दा आवश्यक पुँजी नपुग्न सक्छ।

सामानको मूल्य अनि उत्पादन खर्चलाई सकेसम्म कम गर्ने

उद्यमीले आफ्नो व्यवसाय सुरु गरेपछि सामान तथा सामान बनाउन लाग्ने खर्चलाई सकेसम्म कम गर्नुपर्छ। उत्पादन र बिक्रिवितरण खर्च बढी भएमा सामानको मूल्य पनि बढी हुन्छ, मूल्य बढी भएपछि सामान बिक्री गर्न गाह्रो हुन्छ जसले व्यवसाय घाटामा जाने सम्भावना बढी हुन सक्छ।

ग्राहकको माग अनुसार नयाँ वस्तु रचना गर्ने

समय अनुसार ग्राहकको माग फेरिरहन सक्छ, त्यसको लागि एउटा उद्यमीले आफ्नो व्यवसायलाई लगातार चलाइरहन बजारको माग अनुसार आफ्नो सामान, उत्पादन प्रक्रिया र विक्री वितरण गर्ने प्रक्रिया हरुलाई  पनि रचनात्मक र सृजनशील भएर बदल्दै लैजानु पर्छ | यसो गर्दा बजारमा भएका आफ्ना प्रतिस्प्रधीहरुको सामान वा सेवा भन्दा राम्रो सेवा र समान दिन सकिन्छ अनि उनीहरूको ग्राहकलाई पनि आफू तर्फ तान्न सकिन्छ। 

सरकारी तथा सामाजिक नीति नियमको पालना गर्ने

व्यवसाय चलाउनको लागि सरकारले केही नियमहरू बनाएको हुन्छ अनि हरेक समाजमा पनि आफ्नै किसिमका नियमहरू हुन्छन्। राम्रो व्यवसाय सञ्चालन गर्नको लागि उद्यमीले त्यस्ता नियमहरू सबै पालना गर्नुपर्छ। कर तिर्ने, समाजलाई असर गर्ने काम नगर्ने,  आफ्नो आम्दानीबाट केहि रकम समाज सेवामा खर्च गर्ने जस्ता समाज अनि सरकार प्रतिको आफ्नो दायित्व पुरा गर्ने भूमिका पनि उद्यमीको हुन्छ।

उध्यमीले आफ्नो व्यवसायको निरन्तर मुल्याङ्कन गरि रहनु पर्छ

उद्यमीले आफ्नो व्यवसाय कसरि चलिराखेको छ, बजारमा ग्राहकले वस्तुलाई कतिको माग गरेका छन्, माग अनुसारको वस्तु तथा सेवा आफुले  दिन सकेको छ कि छैन सबै कुराको लगातार ख्याल राख्नु पर्छ | यसका साथै आफूले उत्पादन गरेको वस्तुबारे ग्राहकले कस्तो प्रतिक्रिया दिन्छन त्यसबारे राम्रो सँग थाहा पाउनुपर्छ। जसले ग्राहकको चाहना अनुसार वस्तु उत्पादन गर्नमा सहयोग पुग्छ।

बजार, प्रविधि, तथा उद्योगको परिवर्तन अनुसार व्यवसायलाई पनि बदल्ने

व्यवसाय चलिरहदा समय अनुसार बजारको आकार, उत्पादन गर्ने तरिका, प्रबिधि, व्यावसायिक नियमहरू बदलिन सक्छ। पछि आउन सक्ने यस्ता जोखिमहरू पहिलेनै पत्ता लगाएर जोखिम हटाउने वा ती जोखिमहरु बहन गर्नको लागि पहिले नै तयार हुनुपर्ने हुन्छ।

स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो।

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।