नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त ठिकै छ तर किनेर खानेहरूलाई यसले निकै समस्यामा निम्त्याएको छ। यस्तै समस्यामा झापाका सञ्जीव पाठक पनि परेका थिए। तरकारी सधैँ किनेरै खानुपर्ने। उनलाई यो समस्या न्यूनीकरण गर्न मन थियो। त्यसैले यसको समाधान खोज्न भनि जाँगर चलाए। विषादीरहित र ताजा तरकारी खान र अरूलाई पनि खुवाउन के गर्न सकिन्छ भन्ने बारेमा लामो समय अनुसन्धान गरे।

एरोपोनिक्स, हाइड्रोपोनिक्स र एरोरुट्स। उनले सुनिरहेका यी शब्दहरू अगाडी आए। यस्ता कुरामा पहिले देखि नै रुचि थियो। यो प्रविधिका बारे राम्ररी खोजे। नेपालमा नयाँ थियो। सुरु गरिहाल्ने सोच बनाइहाल्न सकेनन्। गर्न सकिने हो या होइन भन्ने कुरामा उनलाई शङ्का थियो। एक दिन चिनजानका दाइले काठमाडौँमा एरोरुट्स सफल भइसकेको खबर सुनाए। अझ हाइड्रोपोनिक्स र एरोपोनिक्स प्रयोग गरेर धेरै तरकारी फलाइसकेको कुरा कानमा परेपछि उनलाई नयाँ ऊर्जा मिल्यो। काठमाडौँमा सफल भएको प्रविधि झापामा पनि भित्राउन उनी आतुर भए।

उनका मिल्ने साथीहरू थिए। इलामका प्रकाश दाहाल र बिर्तामोडका आफूसँगै नाम मिल्ने सञ्जीव घिमिरे। उनीहरूसँग कुरो चलाए। प्रतिक्रिया सकारात्मक नै आयो। अनि ३ जना साथीहरू मिलेर काम सुरु गरे।

हावाबाट गरिने तरकारी खेती अर्थात् एरोरुट्स झापामा पहिलो पटक भित्रिँदै थियो। बिरुवा रोप्न प्लास्टिकका थुप्रै ट्याङ्कीहरू किने। यसमा माटोको प्रयोग हुँदैन त्यसैले ट्याङ्कीहरूमा हावा छिर्ने प्वालहरू बनाए। यसमा के कसरी प्वालहरू बनाउने, कसरी रोप्ने, डिजाइन आदि बारे उनीहरूले अध्ययन गरिसकेका थिए। पढेर बुझेर सोही अनुरूप काम गर्दा उनीहरू सफल पनि भए।

एउटा ट्याङ्कीमा बिरुवा रोप्न लगभग ४५ देखि ५० हजार लाग्यो होला भनी उनी अड्कल काट्छन्।

उनी भन्छन्, “यो वान टाइम इन्भेस्टमेन्ट हो, सुरुमा धेरै लगानी गर्नुपर्छ अनि १५ वर्ष जति सम्म उत्पादनलिइरहन सकिन्छ। लामो समयको लागि हेर्ने हो भने माटोमा गर्नु भन्दा यो प्रविधि नै सस्तो हुन आउँछ।”

उनले यसका थप फाइदाका बारे पनि बताए। एउटै ट्याङ्कीमा ६० देखि ७० वटा सम्म बिरुवा रोप्न सकिन्छ।

यसरी थोरै ठाउँमा धेरै उत्पादन हुन्छ। यसमा पानीबाट बिरुवालाई आवश्यक पर्ने तत्त्वहरू दिइन्छ। माटोमा हुने सबै तत्त्व बिरुवालाई चाहिँदैन। पानीमा आवश्यक तत्त्वहरूको मात्रा मिलाएर छर्किन सकिन्छ। यसरी रोप्दा माटोमा उब्जिने बिरुवाहरूलाई भन्दा ९५ प्रतिशत कम सिँचाइले नै पुग्छ। बिरुवा उमार्न कुनै कीटनाशक वा हानिकारक रसायन पनि प्रयोग गरिरहनुपर्दैन। आवश्यक तत्त्वहरू मिसाइएको पोषणयुक्त पानीलाई फेरी पनि प्रयोगमा ल्याउन सकिन्छ।

फाइदा सँगसँगै उनले चुनौती पनि सुनाए। गर्मीले पानी तात्छ र तापक्रम नमिल्ने समस्याले सञ्जीवलाई बेलाबेलामा सताइरहने रहेछ। धेरै युवाहरू रोजगारीका लागि विदेश जाँदैछन्। तर सञ्जीव यसो भन्छन्, “विदेश जानुको सट्टा यहाँ यो व्यवसाय सुरु गर्नुहोस्, विदेशको भन्दा राम्रो कमाइ हुन्छ।”  

धेरै ठाउँहरूमा धमाधम घरहरू बनिरहेका कारण खेति योग्य जग्गा भेट्न गाह्रो छ। त्यसैले पनि होला सञ्जीवले यस प्रविधिमा भविष्य देखेका छन्। अरू फाइदाहरू पनि नियाल्ने हो भने एरोपोनिक्स प्रणालीले कृषक र ग्राहक दुवैलाई सजिलो बनाउँछ।

उद्यमी नेपालको टिमले सञ्जीव पाठकसँग झापामा गरेको कुराकानी हेर्नका लागि तलको भिडियो लिङ्कमा जानुहोस्:

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।