Photo Source : गोरखापत्र संस्थान

प्रदेश ३ हेटौंडाको कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रले साझेदारीमा कृषि गर्न चाहनेहरूलाई अनुदान दिने भएको छ। यदि तपाईँ उक्त निर्देशनालयसँग साझेदारीमा कृषि गर्न इच्छुक हुनुहुन्छ भने आवश्यक कागजात सहित निवेदन बुझाउन सक्नुहुन्छ।

कसले निवेदन दिन पाउँछन्?

साझेदारमा कृषि गर्न इच्छुक व्यक्तिहरूले निवेदन दिन सक्छन्।

केके विषयमा अनुदान पाइन्छ?

क्र.स

कार्यक्रमको नाम 

सङ्ख्या 

साझेदार संस्था 

अधिकतम साझेदारी रकम 

लागु हुने जिल्ला 

निवेदन बुझाउने ठाउँ 

एकिकृत नमुना बस्ति कृषि पर्यटन कार्यक्रम 

स्थानीय तह, सामुदायिक कृषि पर्यटन समिति, सम्बन्धित क्षेत्रमा दर्ता भएका संघ संस्था 

५०% वा बढीमा १ करोड ५० लाख (जुन कम हुन आउँछ)

सिन्धुली, रामेछाप र चितवन 

कृषि विकास निर्देशनालय 

अग्रिमार्ट निर्माण तथा स्थापना 

निजी कृषि उपज व्यवसायी वा कृषि सहकारी संस्था 

५०% वा बढीमा १० लाख 

चितवन, मकवानपुर, काठमाडौँ उपत्यका 

कृषि विकास निर्देशनालय 

विहत्तर कफि बिस्तार तथा प्रवर्द्धन कार्यक्रम 

समूह/सहकारी/निजी क्षेत्र 

५०% वा बढीमा १० लाख  

दोलखा, काभ्रे, नुवाकोट, ललितपुर, धादिङ

कृषि ज्ञान केन्द्र 

मागमा आधारित कोल्ड च्याम्बर/कोल्ड स्टोर निर्माण 

१५

समूह/सहकारी/निजी क्षेत्र 

५०%

सबै प्रदेशमा 

कृषि विकास निर्देशनालय 

आलु/किवि रष्टिक हाउस निर्माण 

१०

समूह/सहकारी/निजी क्षेत्र 

५०% 

सबै प्रदेशमा 

कृषि विकास निर्देशनालय 

गोलभेडा प्रशोधन उद्योग स्थापना 

सहकारी/निजि क्षेत्र 

५०% वा बढीमा २५ लाख 

मकवानपुर, ललितपुर 

कृषि ज्ञान केन्द्र 

कृषि व्यवसाय प्रवर्द्धनका लागि युवा स्वयमसेवक तालिम तथा परिचालन 

२००

१८ देखि ४० वर्षका युवा 

-

सबै प्रदेशमा 

कृषि ज्ञान केन्द्र 

एकिकृत मोडेल कृषि फार्म विकास तथा विस्तार 

१०

समूह /सहकारी/निजी क्षेत्र 

५०%

सबै प्रदेशमा 

कृषि विकास निर्देशनालय 

काठमाडौँ उपत्यकामा प्रांगारिक खेति प्रवर्धन 

समूह/सहकारी/निजी क्षेत्र 

५०%

काठमाडौँ उपत्यका 

कृषि ज्ञान केन्द्र 

१०

सौर्य सिचाई कार्यक्रम 

१००

समूह/सहकारी/निजी क्षेत्र 

८०% 

सबै प्रदेशमा 

कृषि विकास निर्देशनालय/ ज्ञान केन्द्र 

११

जैविक विषादी विकास तथा विस्तार कार्यक्रम 

समूह/सहकारी/निजी क्षेत्र 

५०% वा बढीमा एक करोड 

काभ्रे 

कृषि ज्ञान केन्द्र 

माथि उल्लेख गरिएका हरेक कार्यक्रमका बारेमा थप जानकारी लिनका लागि यो लिंकमा जानुहोस्। लिंकमा क्लिक गरेपछि कार्यविधिहरू देख्नुहुन्छ। तपाईलाई जान्न मन भएका विषयको कार्यविधि डाउनलोड गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७६ मङ्सिर २५ गते भित्र बुझाइसक्नुपर्छ।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्: 

कृषि विकास निर्देशनालय, हेटौंडा: ०५७-५२०४६६ 

वेबसाइट: https://doad.p3.gov.np , https://molmac.p3.gov.np 

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्: 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल