Photo Source : CEREAL SYSTEMS INITIATIVE FOR SOUTH ASIA

प्रदेश नं.१ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रोटेक्टेड हर्टीकल्चर प्रवर्द्धन र प्रविधि विस्तार गर्न, कृषि पर्यटन प्रवर्द्धन गर्न र चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन गर्नका लागि अनुदान दिने भएको छ। त्यसैले उक्त मन्त्रालयले इच्छुक सहकारी संस्था/व्यावसायिक फर्म/कम्पनी/निजी उद्यमीलाई सम्बन्धित कार्यालयमा निवेदन बुझाउनका लागि आव्हान गरेको छ।

कतिजनाले कति अनुदान पाउँछन्?

क्र.स.

कार्यक्रमको नाम 

सङ्ख्या

अनुदान रकम (रु.).

निवेदन दिन योग्य साझेदारहरू 

१.

प्रोटेक्टेड हर्टीकल्चर प्रवर्दन र प्रविधि विस्तार

७५% सम्म अनुदान बढीमा ३० लाख प्रति निवेदन 

सहकारी संस्था,निजी फर्म,कम्पनी एवं निजी उद्यमी

२.

कृषि पर्यटन प्रवर्द्धन 

१५

५०% वा बढीमा २० लाख प्रति निवेदन

होमस्टे समितिहरू, निजी फर्म, कम्पनी एवं निजी उद्यमी, सहकारी संस्था, उद्योग वाणिज्य संघ, निजी क्षेत्रका कृषि पर्यटन केन्द्र 

३.

चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन

१०

७५% सम्म बढीमा २० लाख प्रति निवेदन

कृषक, उद्यमी, कृषक समूह, सहकारी संस्था 

नोट: एउटा फर्म/कम्पनी वा संस्थाले एउटा मात्रै निवेदन दिन पाउँछन्

निवेदन कहाँ बुझाउने?

  • भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगर 
  • कृषि ज्ञान केन्द्रहरू, झापा, सुनसरी, पाँचथर, धनकुटा, सङ्खुवासभा, उदयपुर, खोटाङ,  इलाम, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गा

अनुदान रकम के कस्ता कामका लागि प्रयोग गर्न सकिन्छ?

कार्यक्रम अनुसार निम्न कामका लागि अनुदान रकम पाइन्छ। सोहि कामको लागि मात्र अनुदान रकम प्रयोग गर्न मिल्छ।

प्रोटेक्टेड हर्टीकल्चर प्रवर्धन र प्रविधि विस्तार 

  • जी आइ पाइपको प्लाष्टिक घर निर्माण गर्न 
  • एग्रीनेट हाउस बनाउन
  • नेचुरल्ली भेन्टिलेटेड ग्रीन हाउस बनाउन
  • हाइटेक ग्रीन हाउस निर्माण गर्न 
  • बाँसको प्लाष्टिक हाउस निर्माण गर्न 

यो अनुदान लिनका लागि निवेदन फारमको ढाँचा र चाहिने कागजातहरु यस्ता छन्:

कृषि पर्यटन प्रवर्द्धन 

  • कृषि पर्यटन प्रवर्द्धन गरिने गाउँ/टोल परिषरको सरसफाइ, सुधार सौन्दर्यिकरण
  • फोहोर व्यवस्थापन
  • कृषि उपज तथा पशुपन्छी उत्पादन तथा व्यवस्थापन 
  • कला, संस्कृति, सङ्गीत तथा कोशेली केन्द्रको स्थापना
  • प्रचार प्रसार तथा क्षमता अभिवृद्धि

यो अनुदान लिनका लागि निवेदन फारमको ढाँचा  र चाहिने कागजातहरु यस्ता छन्:

चिया विस्तार एवं चिया कारखाना उद्योग प्रवर्द्धन 

  • चिया खेती विस्तारमा प्रयोग हुने विरुवा र कटिङ
  • चिया नर्सरी स्थापना र सोको लागि आवश्यक सामाग्रीहरू 
  • श्रम खर्च तथा ज्यामी ज्याला 
  • कृषि, चुन, हार्मोन, विषादी ग्रोथ रेगुलेटर र अन्य आवश्यक सामाग्रीहरू 
  • चिया प्रशोधन घर निर्माण
  • चिया प्रशोधन कारखानाका लागि मेशिनरी खरिद तथा जडान खर्च
  • अन्य आवश्यक उपकरण खरिद तथा जडान खर्च
  • ढुवानीका लागि सवारीसाधन खरिद

यो अनुदान लिनका लागि चाहिने कागजातहरु यस्ता छन्:

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यहि मिति २०७६ साल भाद्र २४ गते सम्ममा बुझाउनु पर्छ।

कहाँ सम्पर्क गर्ने?

भूमि व्यवस्था, कृषि  तथा सहकारी मन्त्रालय, विराटनगर: ०२१-४७०२५८

कृषि प्रसार अधिकृत, अभिमन्यु अधिकारी: ९८५२०३५०४९

वेबसाइट: http://molmac.p1.gov.np/

थप जानकारीका लागि सूचना हेर्नुहोस्:

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल