भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, तनहुँले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कार्यक्रम अनुसार ५०% अनुदानमा हाते ट्रयाक्टर वितरण गर्ने भएको छ। इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन बुझाएर अनुदान लिन सक्ने कुरा केन्द्रले प्रकाशित गरेको सुचनामा उल्लेख गरिएको छ।  

कसले निवेदन दिन पाउँछन्?

  • इच्छुक कृषक, फर्म, कृषक समूह तथा सहकारीले निवेदन दिन पाउँछन्

केके सर्तहरू छन्?

  • अनुदान प्राप्त गर्न कृषकको हकमा कम्तीमा ५ रोपनी जग्गामा र समूह, सहकारी वा सामुदायिक बीउ बैङ्क व्यवस्थापन समिति हो भने कलष्टरमा कम्तीमा २० रोपनी जग्गामा रैथाने बालीको खेती गरेको हुनुपर्छ

केके कागजात चाहिन्छ?

  • निवेदन दिने व्यक्तिको नागरिकताको फोटोकपी
  • फार्म दर्ता गरेको प्रमाण पत्र, स्थायी लेखा नम्बर र कर चुक्ता गरेको प्रमाण पत्रको फोटोकपी
  • सहकारी तथा समूह हो भने सहकारी/समूह दर्ताको फोटोकपी र कार्यक्रम सञ्चालन बारे समूहको बैठकको निर्णयको फोटोकपी
  • खेती गर्ने जमिनको लालपुर्जा तथा ५ वर्षको लागि जमिन भाडामा लिएको सम्झौताको फोटोकपी
  • सम्बन्धित वडाको दोहोरो सहयोग नलिएको र नलिने विवरण सहितको सिफारिस पत्र

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

  • निवेदन यही मिति २०७६ साल ज्येष्ठ १३ गते भित्र बुझाउनु पर्छ

निवेदन कहाँ बुझाउने?

  • निवेदन कृषि ज्ञान केन्द्र, तनहुँमा बुझाउनु पर्छ

कहाँ सम्पर्क गर्ने?

कृषि ज्ञान केन्द्र,दमौली, तनहुँ: ०६५- ५६०१३०

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सूचना जस्ताको त्यस्तै:

 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img