Photo Source : AgricultureInformation.com

फलफुल खेती गर्न चाहनुहुन्छ भने तपाईका लागि खुसीको खबर छ। पौवादुङ्मा गाउँपालिका कृषि विकास शाखा च्यान्ग्रे, भोजपुरले कृषि एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा वर्षे फलफुलको बिरुवा वितरण गर्ने भएको छ। यस अन्तर्गत आँप, लिचि, कागती, कफी र एबोकाडोका बिरुवाहरू वितरण गरिनेछ। इच्छुक कृषि सहकारी, कृषक समूह, कृषि फर्म र कृषकहरूले तोकिएको समयभित्र निवेदन बुझाएर अनुदान लिन सक्नेछन्।

कसले निवेदन दिन पाउँछन्?

  • इच्छुक कृषि सहकारी, कृषक समूह, कृषि फर्म र कृषकहरूले पाउँछन्

कुन ठाउँमा केको बिरुवा दिइन्छ?

क्र. स.

स्थान

फलफुलका विरुवा पाइने सङ्ख्या

१.

वडा नं. १ स्यामशिला

लिचि १००० वटा

२.

वडा नं. २ तिवारीभन्ज्याङ

कागती १००० वटा

कफि २००० वटा

३.

वडा नं. ३ च्यान्ग्रे

कागती १००० वटा

लिचि १००० वटा

४.

वडा नं. ४ वास्तिम

कागती ३००० वटा

लिचि ३००० वटा

५.

वडा नं. ५ सानोदम्मा








एबोकाडो १५०० वटा

आँप २००० वटा

६.

वडा नं. ६ ठूलोदुम्मा

एबोकाडो १५०० वटा

आँप २००० वटा

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यहि मिति जेष्ठ ११ गते भित्र बुझाइसक्नुपर्छ।

नोट: कृषकहरूले विरुवा माग गर्दा २० वटा भन्दा तल माग गर्न पाइने छैन।

कहाँ सम्पर्क गर्ने?

फोन नं : ९८५२०७५८००

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट: www.pauwadungmamun.gov.np

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !