Photo Source : The Himalayan Times

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, रुपन्देहीले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउको बीउ उतपादन गर्ने व्यक्ति/कृषक समूह/कृषि सहकारीलाई अनुदान दिने भएको छ। उक्त निर्देशनालयबाट इच्छुक उद्यमी/कृषक समूह/ कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले निवेदन दिन पाउँछन्?

  • इच्छुक उद्यमी/कृषक समूह/ कृषि सहकारीहरूले निवेदन दिन पाउँछन्

केके कागजात चाहिन्छ?

  • अनुसूची २ अनुसारको आवेदन फारम

 

  • अनुसूची ३ अनुसारको संक्षिप्त कार्य योजना

  • निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारी सम्बन्धित निकायमा दर्ता भएको प्रमाणको फोटोकपी  (नियमानुसार नविकरण समेत भएको हुनुपर्ने)
  • कार्यक्रम संचालनका लागि निजी फर्म, कम्पनी, कृषक समूह वा सहकारीको जिम्मेवार व्यक्ति तोकिएको निर्णयको छाँयाप्रती र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी
  • अन्य प्रमाणित प्रमाणपत्रहरु (च्याउ बीउ उत्पादन सम्बन्धि तालिम, शैक्षिक योग्यता) आदिका फोटोकपीहरू र
  • वैदेशिक रोजगारवाट फर्केकाको हकमा पासपोर्टको फोटोकपी
  • परियोजना प्रस्ताव पेश गर्न लागि कृषक समूह तथा सहकारीको निर्णयको र जिम्मेवार व्यक्ति तोकिएको निर्णयको फोटोकपी र जिम्मेवार व्यक्तिको नेपाली नागरिकताको प्रमाणित फोटोकपी
  • अनुसूची-४ बमोजिमको स्थानिय तहको सिफारिस पत्र

  • अनुसूची-५ बमोजिमको ज्ञान केन्द्रले प्राविधिक रुपले उपयुक्त रहेको सिफारिस पत्र

  • प्रस्तावक तर्फको लगानी सुनिश्चितताका लागि स्वलगानीमा गर्ने भए बैँक स्टेटमेन्ट वा बैँक ग्यारेन्टी

कति अनुदान पाइन्छ?

प्रति प्रस्ताव ७५% वा अधिकतम रु. १५ लाख अनुदान पाइन्छ

निवेदन कहाँ बुझाउने?

निवेदन कृषि विकास निर्देशनालय वा सम्बन्धित ज्ञान केन्द्रहरू नवलपरासी (ब.सु.प.) कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा र बाँकेमा बुझाउन सकिन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यही मिति २०७६/०१/२० गते भित्र बुझाइसक्नुपर्छ।

कहाँ सम्पर्क गर्ने?

कृषि विकास निर्देशनालय, रुपन्देही: ०७१-४२००१२

 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img