Photo Source : Mahindra Rise

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ को आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रदेश नं. ५ का सबै (१२ वटा) जिल्लाहरूमा कृषकहरूलाई कृषि यन्त्रमा अनुदान दिइने भएको छ। उक्त मन्त्रालयबाट कृषि यन्त्रहरू लिन चाहने इच्छुक कृषक समूह/समिति/निजी उद्यमी/फर्म र कृषकहरूले आवश्यक कागजात सहित समयमै निवेदन बुझाउनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कति अनुदान पाइन्छ?

यन्त्रहरुको दररेट हेरी त्यो दररेटभन्दा कम मूल्य राखि प्रस्ताव पेश गर्न सकिन्छ।

कसले निवेदन दिन पाउँछन्?

प्रदेश नं. ५ का कृषक समूह/समिति/निजी उद्यमी/फर्म र कृषकहरूले पाउँछन्

केके कागजात चाहिन्छ?

  • कृषक समूह तथा उपभोक्ताको लागि
    • कृषक समूह दर्ताको प्रमाणपत्रको फोटोकपी
    • समूहको निर्णयको फोटोकपी
    • समूहले अनुदान प्रक्रियाको लागि जिम्मेवारी दिई खटाउने पदाधिकारीलाई अख्तियारी पत्र
    • अधिकार प्राप्त पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी र एउटा पासपोर्ट साइजको फोटो
    • मेशिनरी औजार सञ्चालन तथा मर्मत सम्बन्धी तालिम भए सो प्रमाण पत्रको फोटोकपी
    • अनुसूची-४ मा उल्लेख भए अनुसारको जग्गाको लालपुर्जाको विवरण सहितको फोटोकपी
  • कृषि सहकारी संस्था/निजी फर्म/कृषि उद्यमी उपभोक्ताको लागि
    • संस्था दर्ताको प्रमाण पत्रको फोटोकपी
    • संस्था नवीकरणको प्रमाणको फोटोकपी वा कम्पनी भएमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट गरिने कम्पनी अध्यावधिक भएको पत्र
    • संस्थाको PAN वा VAT प्रमाण पत्रको प्रतिलिपि
    • लेखा परीक्षणको प्रमाणित प्रतिलिपि गएको आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाण पत्रको फोटोकपी
    • संस्थाको निर्णयको फोटोकपी
    • संस्थाले अनुदान प्रक्रियाको लागि जिम्मेवारी दिई खटाउने पदाधिकारीलाई अख्तियारी पत्र
    • अख्तियारी प्राप्त पदाधिकारीको नागरिकता प्रमाण पत्रको फोटोकपी र एउटा पासपोर्ट साइजको फोटो
    • संस्थाको आफ्नो नाममा जग्गा नभई करारमा लिएको भए सम्झौताको (कम्तीमा ५ वर्ष) को प्रमाण पत्रहरू  
    • अनुसूची-४ मा उल्लेख भए अनुसारको जग्गाको लालपुर्जाको विवरण सहितको फोटोकपी

 प्रस्तावना कहाँ दर्ता गर्ने?

जिल्ला

कार्यालय

नवलपरासी पश्चिम           

कृषि ज्ञान केन्द्र, परासी

रुपन्देही

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भैरहवा

कपिलवस्तु

कृषि ज्ञान केन्द्र, कपिलवस्तु

पाल्पा

कृषि ज्ञान केन्द्र, तानसेन

गुल्मी

कृषि ज्ञान केन्द्र, तम्घास

अर्घाखाँची

कृषि ज्ञान केन्द्र, सन्धिखर्क

प्यूठान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ धान जोन, प्यूठान

रोल्पा

कृषि ज्ञान केन्द्र, लिवाङ्ग

दाङ्ग

कृषि ज्ञान केन्द्र, घोराही

बाँके

कृषि ज्ञान केन्द्र, नेपालगंज

बर्दिया

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ धान सुपरजोन बर्दिया वा कृषि ज्ञान केन्द्र, बाँके

रुकुम पूर्व

शिश्रे गाउँपालिका, कृषि शाखा, रुकूमकोट वा कृषि ज्ञान केन्द्र, लिवाङ्ग

निवेदनको ढाँचा यसप्रकार रहेको छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१२/१९ गते भित्र निवेदन बुझाइसक्नु पर्छ।

थप जानकारीका लागि:

+९७७-०७१-५५००६८, ५४००२६

ईमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट: www.molmac.p5.gov.np

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img