Photo Source : World Atlas

माथागढी गाउँपालिका, झडेवा, पाल्पाको आर्थिक वर्ष २०७५/७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार दुग्धबर्दक व्यावसायिक गाई, भैँसी फार्म सुधार गर्न अनुदान दिइने भएको छ। उक्त गाउँपालिकाबाट इच्छुक गाई, भैँसी पालक समूह, फार्म र कृषकहरूलाई समयमै निवेदन दिन अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले निवेदन दिन पाउँछन्?

  • माथागढी गाउँपालिकाका कम्तीमा ५ वटा गाई वा भैँसी भएका गाई, भैँसी पालक समूह, फार्म र कृषकहरूले पाउँछन्

कति अनुदान पाइन्छ?

  • प्रति फार्म अधिकतम रु. ४०,००० सम्म पाइन्छ

कति जनालाई अनुदान दिइन्छ?

  • ५ जना व्यक्ति अथवा समूहलाई अनुदान दिइनेछ

के के कागजात चाहिन्छ?

  • रु. १० को रसिद/टिकट टाँसिएको निवेदन  
  • नेपाली नागरिकताको फोटोकपी
  • समूह बैठकको माइन्युटको फोटोकपी
  • वडा कार्यालयको सिफारिस पत्र

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

  • यही मिति २०७५/१०/२८ गते भित्रमा निवेदन बुझाइसक्नु पर्छ

नोट: निवेदन दिनेहरूले सरकारी निकायबाट विगत २ आर्थिक वर्ष सम्ममा नगद वा वस्तुगत अनुदान सहयोग लिइसकेका भए छनौट प्रक्रियामा समावेश गराइने छैन।

कहाँ सम्पर्क गर्ने?

फोन: ९८५७०६२४४९, ९८४४७५७१५९

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.  

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !