Photo Source : Nextnaijaentrepreneur

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार दुधालु गाई/भैँसी/बाख्रा स्रोत केन्द्र स्थापना तथा सुद्रीढीकरण कार्यक्रम हुन गइरहेको छ। यस कार्यक्रम अनुसार बारा र पर्सा जिल्लाका निजी उद्यमी, समूह/समिति/सहकारी, स्थानीय निकयहरुलाई स्रोत केन्द्र स्थापना गर्नका लागि ७५% सम्म अनुदान दिने भएको छ। उक्त अस्पतालले पर्सा र बारा जिल्लामा रहेका निजी उद्यमी, समूह/समिति/सहकारी, स्थानीय निकयहरुबाट समयमै प्रस्ताव पेस गरी अनुदान लिनका लागि सूचना प्रकाशित गरेको छ।  

यो कार्यकम किन हुन लागेको हो?

पर्सा र बारा जिल्लामा दुधालु गाई/भैँसीहरू र मासु उत्पादनको लागि उन्नत बाख्राहरूको भरपर्दो स्रोतको अभाव भएको छ। त्यस कारण दूध, दुग्धजन्य पदार्थ तथा मासुको मागलाई सजिलै पुरा गर्नका लागि यो कार्यक्रम हुन लागेको हो।

कसले आवेदन दिन पाउँछन् ?

  • स्रोत केन्द्रमा कम्तीमा १०० माँउ गाई वा ५० माँउ भैँसी वा ५०० माँउ बाख्रा भएकाले
  • कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन भई रहेको तथा दूध उत्पादनको पकेट क्षेत्रलाई प्राथमिकता दिइन्छ
  • स्रोत केन्द्र रहने स्थानमा सडक, सञ्चार, सिँचाइ, पिउने पानी र बिजुली जस्ता भौतिक पूर्वाधारहरूको सुविधा भएको हुनुपर्छ
  • व्यावसायिक रूपमा गाई/भैँसीको फार्म सञ्चालन भइरहेको तथा विस्तारको लागि प्रचुर सम्भावना भएको पकेट क्षेत्रहरू हुनुपर्छ
  • बाह्रै महिना हरियो घाँसपात उपलब्ध हुन सक्ने स्थान हुनुपर्छ
  • कृषकहरूको कार्यक्रम प्रति चाहना भएकाले

कति अनुदान दिइन्छ?

सुरुमा तपाईँले अनुदान दिइने रकमको २५% कोषमा बुझाउनु पर्ने हुन्छ। त्यसपछि मन्त्रालय/निर्देशनालयले ७५% बाराबरको रकम ३ किस्ता गरी कोषमा जम्मा गरिदिने छ।

कोषमा रकम बुझाउन केके कागजात चाहिन्छ?

  • संस्थाको लेटरप्याडमा लिखित निवेदन
  • कार्य सम्पन्न भएको स्थानीय तहको सिफारिस पत्र
  • रकम बुझाइने बैङ्क खाताको विवरण
  • बिल बिजकहरुको सक्कली फोटोकपी
  • फार्ममा रहेको पशुपन्छीको बिमा गरिएको कागजातहरूको फोटोकपी
  • दुई पक्षको सम्झौता पत्रको फोटोकपी

आवेदन फारम कहाँबाट लिने?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्साबाट रू.३०० राजस्व बुझाइ आवेदन फारम लिन सकिन्छ।

आवेदन दिने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१०/०४ गते भित्रमा निवेदन बुझाउनु पर्नेछ।

आवेदन दिन के के कागजात चाहिन्छ?

  • अनुसूची-२ अनुसारको आवेदन फारम

 

  • अनुसूची-३ अनुसारको संक्षिप्त कार्ययोजना

 

 

 

  • नेपाली नागरिकताको प्रमाणित फोटोकपी
  • संस्थासँग आबद्ध सदस्यहरूले प्राप्त गरेको अन्य प्रमाणहरू (तालिम, शैक्षिक योग्यता, आदि) का प्रमाणित फोटोकपीहरू
  • निजी उद्यमी/समूह/समिति/सहकारी/स्थानीय तह सम्बन्धित निकायमा दर्ता भएको प्रमाणित फोटोकपी
  • कार्यक्रमको लागि छनोट भएमा निजी उद्यमी/समूह/समिति/सहकारीका सदस्यहरूबाट कार्यान्वयन गर्न प्रतिबद्धताको निर्णयको फोटोकपी

कहाँ सम्पर्क गर्ने?

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्सा: ०५१-५२२५५१, ९८४५०९९९८

सूचना जस्ताको त्यस्तै:

यस अनुदानका बारेमा थप जानकारीका लागि आधिकारिक कार्यविधि पढ्नका लागि यो लिङ्क खोल्नुहोस्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल