Photo Source : linazeldovich.com

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं १, विराटनगरको आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार साना डेरी प्रशोधन केन्द्र खोल्नेलाई अनुदान दिइने भएको छ।  उक्त मन्त्रालयबाट प्रदेश नं १ का इच्छुक स्थानीय सहकारी संघ/संस्था, फर्म, कम्पनि, निजी उद्यमी/व्यावसायीहरुलाई आनुदन लिनका लागि समयमै प्रस्ताव सहित आवेदन बुझाउन अनुरोध गरिएको छ।

यो अनुदान कति जनाले पाउछन्?

यो अनुदान पाउने सङ्ख्या २० जना रहेको छ।

कति अनुदान पाइन्छ?

७५% अथवा बढीमा १० लाखसम्म अनुदानको व्यवस्था गरिएको छ।

अनुदानका लागि कस्ताकस्ता सर्तहरु छन्?

  • सूचना प्रकाशित भएको मिति अघि नै प्रचलित कानुन अनुसार दर्ता भएका प्रदेश नं १ का सहकारी संस्था, फर्म, कम्पनि, उद्यमी/ व्यवसायी मात्र अनुदानका लागि योग्य मानिनेछन्
  • साना डेरी प्रशोधन केन्द्र स्थापनाको भौतिक संरचनाको डिजाइन र लगानी इस्टिमेट नेपाल सरकारबाट मान्यता प्राप्त प्राविधिकले गरेको हुनु पर्नेछ
  • पछिल्लो ३ वर्षमा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यी अन्तर्गतका कुनै पनि निकायहरुबाट यस्तै किसिमको अनुदान नलिएकाले मात्र आनुदन पाउनेछन्
  • अनुदान प्राप्त गर्नेले कम्तिमा ५ वर्ष सम्म मासु व्यवसाय गरिराख्ने प्रतिबद्दता जनाउनु पर्नेछ
  • साना डेरी प्रशोधन उद्योगमा उपकरणहरु स्टेनलेस स्टील (Stainless Steel) वा आल्मुनियमबाट बनेको हुनुपर्नेछ
  • सम्बन्धित साझेदार असल पशुपालन अभ्यास (Good Animal Husbandry Practice), असल चिकित्सा अभ्यास (Good Veterinary Practice), असल सरसफाई अभ्यास (Good Hygienic Practice) अनुपालना गरेको हुनु पर्नेछ
  • आवेदकसँग साना डेरी प्रशोधन केन्द्र स्थापना स्थानमा सडक, बिजुली र पानीको प्रयाप्त सुविधा भएको हुनु पर्नेछ
  • भाडामा लिएको जग्गा हो भने कम्तिमा १० वर्षको करारनामा वा सम्झौता गरेको हुनु पर्नेछ
  • प्रशोधन केन्द्र स्थापना गर्ने स्थलमा सडक, विद्युतको थ्री फ्रेज लाइन जडानको सुविधा भएको हुनु पर्नेछ
  • अनुदानको लागि प्रस्ताव पेश गर्ने संस्थाले नियमित लेखा परीक्षण गरिरहेको हुनु पर्नेछ
  • नियम अनुसार समबन्धित निकायमा दर्ता भएको, कर चुक्ता गरेको, स्थायी लेखा नम्बर प्राप्त गरेको र कुनै कार्वाहीमा नपरेको हुनु पर्नेछ
  • स्थानीय तहको सिफारिस भएको हुनु पर्नेछ

कस्ताकस्ता कार्यका लागि अनुदान दिइनेछ?

  • डेरी प्रशोधनको लागि भवन निर्माण र सुधार
  • साना डेरी प्रशोधन केन्द्रमा प्रयोग हुने औजार उपकरणहरु पाश्चुराइजेसन मेशिन, चिलिंग भ्याट, ढुवानी साधन, जेनेटर, मिल्क एनालाईजर, डिजिटल ब्यालेन्स, मिल्क क्यान, मिल्क प्याकेजिङ्ग मेशिन, डिप फ्रिज, फ्रिज, चिज मेकर तथा दुग्धजन्य पदार्थ विविधीकरणको लागि आवश्यक पर्ने औजार उपकरणहरु खरिद गर्न
  • विजुली बत्ति, ढल निकास, ओभरहेड ट्यांकी, पाइप फिटिङ्ग, वाटर सेनीटाइजर, वेष्ट डिस्पोजल र पानी तान्न मेशिन जडान
  • किरा झिंगा नपस्ने व्यवस्था र अन्य जैविक सुरक्षाका विधी अपनाउन

अनुदान प्रक्रिया कस्तो हुन्छ?

  • सम्बन्धित कार्यालयबाट सूचना प्रकाशित गरिन्छ (यस अनुदान कार्यक्रमका लागि पनि सूचना प्रकाशित भएको छ)
  • सूचना पढेर कार्यालयमा आवश्यक कागजातसहित प्रस्ताब बुझाइन्छ
  • त्यसपछि प्रस्ताव मुल्यांकन र फिल्ड भेरीफिकेशन (आफुले गरिरहेको व्यवसायको निरीक्षण) गरिन्छ
  • फिल्ड भेरीफिकेशनमा कम्तिमा ४० अंक प्राप्त गरेका प्रस्तावहरुको सुची बनाइन्छ
  • प्रस्ताव तथा अन्य सबै कुराको मुल्यांकन गरि मन्त्रालयमा स्वीकृतिका लागि पठाइन्छ
  • छनौट भएका व्यवसायीलाई ३० दिन भित्रमा सार्वजनिक सूचना जारी गरि बोलाइनेछ र सरकार र अनुदान प्राप्त गर्ने व्यक्ति बिच सम्झौता भइ कार्यक्रम कार्यन्वयन हुनेछ
  • यसरी व्यवसायीहरुले अनुदान प्राप्त गर्नेछन्

निवेदन कहाँ बुझाउने?

यी निम्न कार्यालयमध्ये कुनै एकमा निवेदन बुझाउन सकिन्छ :

  • भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १, बिराटनगर
  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बिराटनगर
  • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु : झापा, मोरंग, सुनसरी, पाँचथर, धनकुटा, संखुवासभा, उदयपुर र ओखलढुंगा

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

  • सूचना प्रकाशित भएको मिति देखि ३० दिनभित्रमा निवेदन पेश गरिसक्नुपर्छ।
    • यो सूचना २०७५/०८/२८ गते प्रकाशित भएको हो। त्यसकारण यही मिति २०७५/०९/२८ गते भित्रमा कार्यालय समयमा निवेदन बुझिसक्नुपर्छ।

कहाँ सम्पर्क गर्ने?

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको फोन: ०२१-४७०११३

पशु चिकित्सक (श्री कुमारसिंह खत्री): ९८५२०२१४२०

मन्त्रालयको वेबसाइट: www.molmac.p1.gov.np  

के के कागजात चाहिन्छ?

  • रु. ३००/- राजस्व तिरेको भौचर
  • व्यवसाय गर्ने जग्गाको स्वामित्व देखिने कागजातको फोटोकपी
  • भाडामा लिएको जग्गाको हकमा कम्तिमा १० वर्षको करारनामा वा सम्झौता पत्र
  • चलेको कानुन अनुसार अधिकारिक निकायमा संस्था/फर्म/व्यवसाय दर्ता, नवीकरण गरेको फोटोकपी
  • मूल्य अभिबृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता गरेको प्रमाण पत्रको फोटोकपी
  • सहकारी/साझेदारीको हकमा कार्य समितिको निर्णयको फोटोकपी
  • अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन र कर चुक्ताको फोटोकपी
  • व्यवसाय संचालन गर्ने स्थानको फोटो
  • नेपाली नागरिकताको फोटोकपी
  • प्रस्तावकको वित्तीय क्षमता प्रमाणित गर्ने कागजात (बैंक ग्यारेन्टी, टर्नओभर, बैंक ब्यालेन्स) आदि।
  • अरु कागजातसंगै यी निम्न अनुसूची अनुसारको कागजातहरु पनि बुझाउनुपर्छ:
    • अनुसूची-२ बमोजिमको आवेदन

 

    • अनुसूची-३ बमोजिमको ढाँचामा तयार गरिएको व्यवसाय योजना

 

    • अनुसूची-४ बमोजिमको प्रतिबद्दता पत्र

 

    • अनुसूची-५ बमोजिमको स्वघोषणा

 

    • अनुसूची-६ बमोजिमको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस पत्र

 

स्रोत: यो लेख “साना डेरी प्रशोधन केन्द्र स्थापना कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५” पढी तयार पारिएको हो।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल