Photo Source : Nhan Dan Online

नेपाल सरकार, कृषि विभाग अन्तर्गत राष्ट्रिय फलफूल विकास केन्द्रले आर्थिक वर्ष २०७५\०७६ को वार्षिक कार्यक्रम स्वरूप निजी क्षेत्रमा फलफूल खेती विस्तार गर्नेहरूका लागि अनुदान दिने भएको छ । यस कार्यक्रम अन्तर्गत अनुदान लिनका लागि मंग्सिर २६ गते भित्रमा आवेदन दिईसक्नु पर्नेछ। धमाधम आवेदन लिइराखिएको छ। तपाईँ पनि आवेदन दिने कि?  

 यो अनुदान कसले पाउँछ ?

  • निजी क्षेत्रमा फलफूल खेती गर्न इच्छुक फार्म/कम्पनी/संस्था तथा समूह\सहकारीहरूले
  • यो अनुदान प्रतिस्पर्धाका आधारमा उपलब्ध गराइनेछ

 यो अनुदान केका लागि पाइन्छ?

समग्रमा भन्दा यो अनुदान निजी क्षेत्रमा फलफूल खेती विस्तार गर्नका लागि दिईन्छ। त्यसभित्र निम्न कामहरू पर्दछन्:

  • फलफूल बगैँचा क्षेत्र विस्तार गर्न
    • बगैँचा रेखाङ्कन गर्न आवश्यक सामाग्री( बाँसको किला, डोरी, टेप), बिरुवा रोप्न, खाडल खन्ने, मल मिसाउने तथा पुर्ने, टेका तथा छापो राख्ने ज्यामी, बिरुवा व्यवस्थापन, मलखाद(कम्पोस्ट, युरिया, डीएपी, पोटास),  पाइप तथा तार फिटिङ्ग
  • कृषि औजार उपकरण खरिद
    • सिकेचर, आरी, स्प्रेयर), सिचाई पाइप इन्च, बिरुवा तथा सामाग्री ढुवानी
  • परीक्षण सेवा गर्न
    • माटो परीक्षण तथा बाली संरक्षण सेवा
  • सिचाई गर्न
    • पोखरी( प्लास्टिक तथा सिमेन्ट), सिचाई पाइप, थोपा सिचाई, कुलो निर्माण

 यो कार्यक्रम कुनकुन जिल्लाहरूमा लागु हुन्छ र कस्ता फलफूल खेतीका लागि दिइन्छ?

आर्थिक वर्ष २०७५\०७६ को कार्यकर्मका लागि निम्न जिल्लाहरूमा तल दिइएका फलफूलहरु खेतीको विस्तार गर्नका लागि दिइने भएको छ:

  • ओखलढुङ्गामा- अनार
  • कपिलवस्तु, रौतहट, सर्लाही र महोत्तरीमा- आँप र लिची
  • अर्घाखाँची, भोजपुर र सुनसरीमा- कागती
  • रामेछाप, सोलुखुम्बु, रुकुम पश्चिम र  मकवानपुरमा- किवी
  • कैलाली, तनहुँ र पर्वतमा- सुन्तला

 आउने दिनहरूमा स्रोत र साधनको उपलब्धताको आधारमा जिल्ला र बालीहरू थप गर्न सकिने बताइएको छ ।

 कति अनुदान पाइन्छ?

खेती अथवा कार्यक्रमको प्रकृति हेरेर कुल लागतको ७५% देखि ८५% सम्म अनुदान पाइन्छ।

अनुदानको रकम एकमुष्टमा नदिई, पहिलो चरणमा अनुदान रकमको ५०% मात्र दिइनेछ।

मिति २०७६/०३/१० गते भित्रमा कार्य सम्पन्न गरी खरिद गरिएको सामानको बिल पेस गरी कार्यालयमा बाँकी रकमको माग गर्नुपर्ने हुन्छ।

 निवेदन कहाँ बुझाउने?

आवश्यक कागजात तथा प्रस्ताव (प्रपोजल) सहित राष्ट्रिय फलफूल विकास केन्द्रमा निवेदन बुझाउन सकिन्छ।

प्रस्ताव (प्रपोजल) को ढाँचा जस्ताको त्यस्तै हेर्नुहोस्:

 

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यो सूचना २०७५/०७/२६ मा प्रकाशित भएको हो। यो सूचना प्रकाशित भएको तिस दिनभित्रमा अर्थात् २०७५/०८/२६ गते सम्म निवेदन बुझाइसक्नुपर्छ।

 निवेदनको ढाँचा जस्ताको त्यस्तै हेर्नुहोस्:

 

 

के के कागजात चाहिन्छ?

  • स्पष्ट रूपमा भरिएको आवेदन फारम
  • नेपाली नागरिकताको फोटोकपी
  • स्पष्ट रूपमा लेखिएको प्रस्ताव (प्रपोजल)
  • सम्बन्धित स्थानीय तहबाट (वार्ड अफिस' वा नगर/गाउँ पालिका) संलग्न प्रस्ताव अनुसार कार्यक्रम सञ्चालन गर्न प्राविधिक रूपमा उपयुक्त रहेको सिफारिस पत्र
  • आवश्यक आर्थिक सहयोगको प्रतिबद्धता पत्र
  • फार्म/कम्पनी/संस्था तथा समूह\सहकारी दर्ता गरिएको प्रमाणपत्रको फोटोकपी
  • स्थाई लेखा नं (PAN/VAT) र कर चुक्ता भएको प्रमाणपत्रको फोटोकपी
  • लालपूर्जाको प्रमाणित फोटोकपी (खेती गर्ने जग्गा एकै ब्लक र सीमा जोडिएको हुनुपर्छ)
  • ट्रेस नक्साको प्रमाणित फोटोकपी
  • करार (भाडामा) लिएको जग्गा हो भने न्यूनतम १५ वर्षको करार सम्झौता गरेको सम्झौताको फोटोकपी

 सम्झौता पत्र (कन्ट्रयाक्ट) को ढाँचा जस्ताको त्यस्तै हेर्नुहोस्:

 

सूचना जस्ताको त्यस्तै:

 

कहाँ सम्पर्क गर्ने?

कार्यालयको वेबसाइट: www.ncfd.gov.np

फोन: ०१-४३३१६१९, ०१-४३३०८७०

सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन कार्यविधि २०७५” जस्ताको त्यस्तै पढ्नका लागि दिईएको लिङ्क खोल्नुहोस्।





Attachments:
FileDescriptionFile size
Download this file (NONO KAARYAWIDHI.pdf)सार्वजनिक तथा निजी जग्गामा फलफूल खेती विस्तार कार्यक्रम संचालन कार्यविधि , २०७५ आधिकारिक कार्यविधि पढ्नका लागि बायाँपट्टि दिईएको PDF फाइल खोल्नुहोस्!5719 kB
0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img