उद्यमी बन्न ठ्याकै यही गुणहरु चाहिन्छ भन्ने हुदैन तर बलियो इच्छा र मेहेनत गर्ने जगार भएका, चुनौतीहरू लिएर काम गर्न मन पराउने, नयाँ योजनाहरू बनाएर आफ्नो मालिक आफै बन्न चाहने जो कोही व्यक्तिमा सफल उद्यमी बन्न सक्ने क्षमता हुन्छ । हिजो-आज धेरै मानिसहरू आफूसँग भएका राम्रा  गुणहरू भन्दा धेरै आफ्ना कमजोरीहरुलाई सम्झेर प्रयास गर्न नै हिच्किचाई रहेको भेटिन्छन् । त्यसमा पनि विशेष गरेर यी तल भनिएका जस्ता शङ्का धेरैमा भेटिने गरेको पाइन्छ ।

म अहिले व्यावसाय गर्नको लागि सानै छु वा बुढो भइ सके नि

व्यवसाय गर्नको लागि ठ्याकै यही उमेर हुनुपर्छ भन्ने हुदैन । कुनै पनि उमेरको महिला वा
पुरुष कोही पनि उद्यमी बन्न सक्छन्। हिजो-आज त बालबालिकाहरुले समेत आफै उद्यम गर्ने गरेको समाचारहरु भेटिन्छ । फोर्बस् म्यागजिनमा छापिएको एक लेखका अनुसार तुलनात्मक रूपमा ३५ वर्ष भन्दा सानो उमेरको व्यक्तिले सुरु गरेको व्यवसायमा भन्दा ५५ वर्ष काटेको व्यक्तिले सुरु गरेको व्यवसायमा बढी सफलता पाएकाछन।

पढेलेखेको मान्छेले त राम्रो जागिर पो खानु पर्छ वा व्यावसाय गर्नको लागि मैले पढेकै छैन

धेरै अध्ययनहरुका अनुसार उद्यमी बन्न पढेकै हुनुपर्छ भन्ने छैन। बलियो इच्छा र मेहेनत गर्ने जगार भएका, चुनौतीहरू लिएर काम गर्न मन पराउने, व्यवसायको बारेमा राम्रो जानकारी भएको वा राम्रो योजना बनाउन सक्ने जसले पनि व्यवसाय गर्न सक्छ। नेपालमै पनि पढ्न नै नपाएका व्यक्तिहरू तालिम लिएर आफ्नो सिप प्रयोग गरी व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेका उदाहरणहरु प्रसस्त भेटिन्छन्।

म अहिले जागिर गर्दैछु, मैले व्यवसाय गर्न सक्छु र ?

धेरै मानिसहरुलाई व्यवसाय गर्नको लागि जागिरले पनि असर नगरेको उदाहरणहरु प्रसस्तै भेटिन्छन् । परिवारको सहयोग लिने हो भने जागिरसँगै थुप्रै किसिमका साना तथा मझौला व्यवसायहरु गर्न सम्भव छ। अझ सकिन्छ भने तपाईल जागिरमा गरेको कामसँगै मिल्ने
किसिमको व्यवसाय गर्दा अझ धेरै सजिलो हुनसक्छ।

म सँग धेरै पैसा छैन के म व्यवसाय गर्न सक्छु?

व्यवासय गर्नको लागि चाहिने पुरा पैसा आफूसँग हुनै पर्छ भन्ने छैन, यदि तपाईँ सँग व्यवसाय गर्नको लागि लगाव अनि राम्रो योजना पनि छ भने तपाईँले आफू जस्तै व्यवसाय गर्न चाहने व्यक्तिहरूसँग साझेदारीमा व्यवसाय सुरु गर्न सक्नुहुन्छ जसले गर्दा चाहिएको पैसा जम्मा हुन सक्छ। तर एक्लै व्यवसाय गर्न चाहनुहुन्छ भने युवा स्वरोजगार कोषले सुरु गर्न लागेको व्यवसायलाई नै धितोमा राखेर ऋण दिने व्यवस्था गरेको छ। यादि ऋणनै लिन चाहनुहुन्न भने सुरुमा आफूसँग भएको पैसाले सानो व्यवसायबाट सुरु गरी पछि त्यसलाई बढाउदै लैजान पनि सक्नुहुन्छ।

महत्वपूर्ण जानकारी

हिजोआज धेरै सङ्घ संस्थाहरुले पनि उद्यमशील बन्नकोको लागि हौसला प्रदान गर्ने किसिमका कार्यक्रमहरु संचालन गर्ने गरेका छन्। ति मध्ये केहि निम्न प्रकार छन्।

ठेगाना: काठमाडौँ विजनेस पार्क, ब्लोक डी, बुद्धबरी, टेकु, काठमाडौँ नेपाल

फोन न.: +९७७ १४१०४६०२/४१०४६०३

ईमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

फोन न.: ०१४४१४४१४

ठेगाना: दक्षिणकाली रोड, काठमाडौँ

फोन न.: ९८१८७०१३२०

ईमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 

स्रोत : यो लेख उद्यमी नेपाल टिमले बिभिन्न लेख तथा अनुशन्धानहरुको अध्ययन गरि तयार परेको हो  ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल