एउटा सफल उद्यमी बन्नको लागि धेरै गुणहरुको आवश्यकता पर्दछ । विभिन्न अध्ययनहरुका अनुसार सफल उद्यमी बन्नको लागि केही नभई नहुने गुणहरू हुन्छन् जसमध्य केही निम्नअनुसार छन्:

लगाव(प्यासन)

उद्यमीले आफुले मन परएको क्षेत्रमा उद्यम/व्यावसाय गर्दै छ भने लगाव अनि निरन्तरता दिन सक्छ जसले गर्दा व्यवसायलाई अझ बृद्दि गर्न मद्दत पुग्छ उद्यम वा व्यवसाय गर्नको लागि इच्छा भएर मात्र हुँदैन। म गर्न सक्छु भन्ने दृढता पनि हुन जरुरी छ।

आत्मा-विश्वास

उद्यमीले अनुभवीहरुको सल्लाह लिन जरुरि हुन्छ तर आफ्नो अत्मविश्वासलाई कमि पनि हुन दिनु हुदैन। आफू प्रति विश्वास नभई अरूले भनेको कुरालाई सही मानेर व्यवसाय गर्दा घाटामा जाने संभवाना धेरै हुन्छ, त्यसैले उद्यमीले आफू सफल हुन्छु र म गर्न सक्छु भन्ने पूर्ण विश्वासका साथ आफ्नो कामलाई निरन्तरता दियो भने मात्र सफल बन्न सकिन्छ।

निरन्तरता

सनोतिनो समस्या वा बादलाबले आत्तिने हुनुहुदैन व्यवसाय सुरुमा घाटामा गएपनि आफू सक्दो प्रयास गरी धैर्य गरेमा सफल बन्न सकिन्छ। सबै काम योजना बनाएर गर्नुपर्छ।

दुरदर्शीता

नयाँ अवसरका सथसाथै जोखिम तथा अनिश्चितता पनि पहिले नै अनुमान गर्न सक्ने हुनुपर्छ। जसले गर्दा पछि आइपर्ने चुनौतीहरू हटाउनका लागि पहिलेनै तयारी गर्न सकिन्छ। त्यसका साथसाथै अवसरहरुबाट फाइदा पनि लिन सकिन्छ।

धैर्यता

कुनै पनि समस्या आइपरेमा धैर्य गरी राम्रोसँग समाधान गर्न सक्ने हुनुपर्छ छिटै नाफा खोज्ने अनि घाटा भयो भन्दैमा निराश हुने हुनु हुँदैन। साथै उत्पादन गरेको वस्तुको प्रचारप्रसार पनि गर्दै जानुपर्छ।

परिवर्तनशीलता

सामय, ग्राहकको चाहना अनि माग अनुसार व्यवसायनै बदल्न सक्ने हुनुपर्छ। जस्तै तपाई पुस्तौ देखि चली आएको दौरासुर्वल सिलाउने व्यवसाय गरिरहनु भएको छ भने अहिलेको समय र माग अनुसार सुट, पेन्ट पनि सिलाउनु पर्ने हुनसक्छ।

सही व्यावस्थापनको सिप

खास गरी पैसाको सही सदुपयोग गर्नुपर्छ, त्यसका साथसाथै मेसिनरी समान, कर्मचारी, ग्राहक, आदि सबै कुराहरूलाई सही ठाउँमा, सही समयमा, सही तरिकाले राम्रो सँग व्यवस्थापन गर्न सक्ने हुनुपर्छ।

सिर्जनात्मक सिप

नयाँ उपाय, नयाँ काम गर्ने तरिका, नयाँ प्रविधि आदिको बारेमा सामान्य मानिस भन्दा धेरै सक्रिय भएमा धेरै ज्ञान लिन सकिन्छ। नयाँ कुराको खोजी गर्ने, नयाँ वस्तुको उत्पादन गर्ने जस्ता कुरामा पनि सक्रिय हुनुपर्छ। प्रतिस्पर्धा गर्नेहरुबाट सकेसम्म फाइदा लिने कोसिस गर्नुपर्छ।

जोखिम उठाउन सक्ने क्षमता

व्यवसाय वा उद्यममा जति धेरै जोखिम उठाउन सकियो त्यति नै नाफा लिन सकिन्छ। जोखिम उठाउन डर मान्ने हो भने व्यवसाय घाटामा पनि जान सक्छ। तर जोखिम उठाउने भन्दैमा फाइदा नहुने ठाउँमा पनि जोखिम उठाउनु हुँदैन त्यसैले जोखिम उठाउदा राम्रोसँग बजारको अवस्थालाई बुझेर मात्र जोखिम लिनुपर्छ।

कुराकानी गर्ने कला

कुशल उद्यमीसंग कुरा गर्ने राम्रो कला पनि हुनु जरुरी छ, जसले गर्दा ग्राहकको ध्यान खिच्न सकिन्छ। खासगरी ग्राहकहरुसंग मिठो बोल्नुका साथसाथै राम्रो व्यवहार पनि गर्नुपर्छ। वस्तुहरू उत्पदन गर्दा आफ्नो फाइदाको लागि नभई ग्राहकको फाइदाको लागि भन्ने सोचेर उत्पादन गर्नुपर्छ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल