Photo Source : gepezz.info

१) आफूलाई फन्डिंग चाहिएको कुरा फेसबुकमा खुला आह्वान गरेर खासै मागिंदैन। त्यसरी मागेमा कुनै पनि सिरियस इन्भेष्टरले त्यस्ता उध्यमीहरुलाई सिरियसली लिंदैनन्।

२) नाम चलेका या सुनेका केहि इन्भेष्टरहरू या इन्भेष्टमेन्ट फर्म चलाउनेहररूलाई पहिले आमने-सामने भेट्न खोज्नुस्। आमने-सामने भेटबाट धेरै कुरा दुवै पक्षलाई प्रष्ट हुन्छ, जुन इमेलबाट खासै हुँदैन। आफूले इन्भेष्टरहरु या इन्भेष्टमेन्ट फर्म चलाउनेहरूलाई नचिनेको भए तिनलाई चिनेको कसैबाट पहिले रेफरल माग्नुस्। अनि भेटेर आफ्नो कुरा राख्नुस्। उनीहररू बिजि हुन्छन् भनेर उनीहरुको समयको कदर गर्नुस्। तपाँइलाई नै ढुकेर उनीहररू बसिरहेका हुँदैनन् भनेर बुझ्नुस्।

३) भेट्दा सकेसम्म चिया-कफि या लन्च खुवाउँछु भनेर प्रस्ताव राख्नुस्। दिनमा कुनै न कुनै बेला चिया-कफि या लन्च त जोसुकैले खान्छ। ठाडै यसै बेला-न-कुबेला भेट्न खोज्नु भन्दा चिया-कफि या लन्चको टाइम मिलाएर भेटे भेट्न सकिने चान्स अलि बलियो चाँहि हुन्छ।

४) आफ्नो कागजपत्र बलियो पार्नुस्। सिड या एन्जल (थोरै पैसा) फन्डिंगमा इन्भेष्टरहरुले हेर्ने भनेको टिमको बलियोपना र प्रोडक्ट या सर्भिसको बिज्नेस मोडल (अर् - यिनले कसरी पैसा कमाउँछन) भनेर हेर्ने हो। त्यो भन्दा माथिको फन्डिंग (धेरै पैसा, करोडौं को फन्डिंग) को लागि मार्केट साइज र ग्रो गर्न कार्यन्वयन गर्ने टिम र क्षमता छ भनेर देखाउनु राम्रो हुन्छ। एक्लो उध्यमीलाई खासै फन्डिंग धेरैले गर्दैनन्। भोली उसलाई कतै बसले किचेमा लगानी गरेको पुरै बिज्नेस धराशायी हुन्छ भनेर (या एक्लो उध्यमीमा लगानी गर्नु भनेको जोखिम धेरै लिनु हो भनेर सकेसम्म विविध सीप भएको बलियो टिम बनाउनुस् र त्यो टिमको क्षमता देखाउनुस्। आफ्ना नातागोता बाहेक केहि अपरिचित मान्छेहरु पनि कस्टोमर भइसकेको भए तिनको बारेमा पनि भन्नुस्। फन्डिंग पाउन अहिले नै नाफा कमाइसकेको हुनुपर्छ भन्ने छैन तर भविष्यमा राम्रो हुने छाँट देखाउनुस्।

५) तपाँइको कुरा सबै सुनि-बुझिसकेपछि पनि बिज्नेस इन्भेष्टरहरुले लगानी गरेनन् भने त्यसलाई पर्सनली नलिनुस्, चित्त नदुखाउनुस्। उनीहरुले इन्भेष्ट नगर्दैमा हरेस नखानुस्। बरु यो इन्भेष्टमेन्टको लागि गरिएको प्रोेसेसबाट आफू कहाँ कहाँ के के मा सुध्रने भनेर सिक्नुस् र सुधार गरेर फेरि अरु बिज्नेस इन्भेष्टरहरुलाई भेट्दै जानुस्। बिज्नेस इन्भेष्टरहरुले तपाँइलाई शुरुमा इन्भेष्ट नगरेर ठूलै मिस्टेक पनि गरेका हुन सक्छन् जुन पछि तपाँइको व्यवसायको शानदार सफलता देखेपछि तिनले आफै मन कुडाउँदै बुझ्छन्।

 -आशुतोष तिवारी

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल