प्रधुम्न देउजा काठमाडौँको कपनमा बस्छन्। आफ्नो घर नजिकै सप्लायर्सको व्यवसाय चलाइरहेका छन्। घर निर्माणमा प्रयोग हुने सबै जसो सामाग्रीहरू उनको सप्लायर्समा पाइन्छ। सप्लायर्स खोल्नु अघि उनले अरु थुप्रै कामहरू गरे। आर्मीको जागिर गर्थे। त्यहाँ  बिरामीहरूको सेवा गर्ने काम थियो। देशमा माओवादीको आतंक फैलिएपछि उनले जागिर छोड्नुपर्ने भयो। अवस्था नसुध्रिएपछि विदेश जाने निर्णय लिए। उनको निर्णय सफल सावित भयो। त्यसकै कारण उनले ५३ वटा देशमा पाइला टेक्ने सौभाग्य पाए।

सुरुमा वर्किङ भिसामा अफगानिस्तान गएका थिए। नेपाल आर्मीमा काम गरेको अनुभव भएका कारण उनले अफगानिस्तानमा पनि मिल्दो जुल्दो जागिर पाए। बिरामीको सेवा गर्नुपर्थ्यो। ८ वर्षसम्म त्यहाँ निरन्तर काम गरे। त्यसपछि पानीजहाजमा सिम्यानका रुपमा काम गर्न थाले।

अरुको देशमा दु:ख त निकै गर्नुपर्थ्यो तर तर कामको शिलशिलामा देश विदेश घुमिरहन पाइन्थ्यो। सुरूसुरुमा मनपरे पनि पछि दिक्क हुनथाल्यो। त्यसैले ५ वर्षसम्म त्यहाँ काम गरेपछि उनलाई आफ्नै देश फर्किने इच्छा भयो। १३ वर्षसम्म अरुको देशमा खटेको अनुभव र सीपलाईलाई पोको पारेर बाँकी समय आफ्नै देशमा केही गर्ने सोचे बोकेर २०७३ सालमा नेपाल फर्किए।

फर्किएपछि एक मेनपावरमा कार्यकारी निर्देशक भएर काम सुरु गरे। दुई वर्षसम्ममा नेपालको माहोल बुझिसकेका थिए। त्यसपछी भने आफ्नै व्यवसाय गर्ने आँट बढ्यो।

चिनेका एकजना साथीसँग मिलेर आफ्नै व्यवसाय सुरु गर्नेबारेमा सरसल्लाह गरे। साथीले पनि चासो देखाए। त्यसबेला देशमा २०७२ सालको भूकम्पले निकै क्षति पुगेको थियो। कति घर पूर्ण रुपमा नष्ट भएका थिए त कतिको मर्मतसम्भार गर्नुपर्ने थियो। धेरैको लागि समस्या बनेको भुकम्प उनको लागि भने अवसरका बनेर आयो। घर बनाउने तथा मर्मत गर्नुपर्ने भएकाले बजारमा निर्माण सामग्रीको निकै ठूलो माग थियो। यही बेला पारेर उनीहरूले निर्माण सामाग्री सप्लायर्स खोले। अरू साथीहरूको पनि सप्लायर्स थियो। यस क्षेत्रको बारेमा बुझ्नका लागि साथीहरूले पनि धेरै सघाए। थप हौशला र सहयोगको कमी भएन।

उनीहरूले कपनमा एउटा फराकिलो जग्गा लिएका थिए। अफिसका लागि एउटा कोठा बनाएका थिए। त्यति गर्नलाई कुल लगानी ५० लाख लाग्यो। ३० लाख उनीहरू आफैसँग थियो भने सहकारीबाट थप २० लाखको लोन लिएर व्यवसाय सुरु गरेका थिए।  

सुरुवताी हौसलापछि भने ग्राहक बनाउन समय लाग्यो। नयाँ व्यवसायी भएका कारण धेरै ग्राहकले पत्याइहाल्न पनि गाह्रो थियो। मनाउनु ठूलो चुनौती बनिरहेको थियो। सुरु अवस्था भएका कारण सामान ढुवानीमा पनि समस्या हुन्थ्यो। काँधमा चुनौतीहरू थपिदै गए। प्रधुम्नका साथी विस्तारै अरु नै काममा व्यस्त हुन थाले। उनीहरूको पार्टनरसिप तोडियो। एक्लैले सबै काम सम्हाल्नुपर्ने भयो।

एक्लै भएपनि उनले हरेस खाएनन्। सिक्दै गए। ग्राहक बढाउन धेरै मेहेनत गरे। त्यसको असर सकारात्मक पर्यो। व्यवसाय फेरी फैलिन थाल्यो। व्यवसायमा लागेपछि धैर्यता चाहिनेरहेछ भन्ने बुझे। व्यवसायले एक वर्ष पार गरिसकेको छ। व्यवसाय सुरु गर्दा सहकारीबाट लिएको ऋण पनि तिरीसक्न लागे। अहिले बिहान देखि बेलुकीसम्म नै काममा ब्यस्त हुन्छन्। उनी खुशी छन्।

उनको सप्लायर्सले तराईको तथा भक्तपुरको इट्टा, टुक्रा इट्टा, मदिना इट्टा, सिरी इट्टा, बेल्खु डबल वास, सुन्दाखान वास, मेलम्चीको क्रसर, कालो गिट्टी, ३० डाउन गिट्टी, २० डाउन मिक्स, प्लास्टर बालुवा, विभिन्न किसिमका ढुंगा, माटो आदि सामानहरूको सप्लाई गर्दै आएको छ। यी सामाग्रीहरू हाल कलंकी, बालाजु, ज्ञानेश्वर, भक्तपुर र कपन जस्ता ठाँउहरूमा सप्लाई हुन्छन्। । सामान ढुवानीको लागि २ वटा निसान गाडी र एउटा आफ्नै टिफर राखेका छन् भने १५ वटा टिफरहरू चाहिँ भाडामा लिनेगरेका छन्।

उनीले १० जना ड्राइभरहरू तथा सहचालकहरू र हिसाबकिताब राख्नका लागि एकजना अकाउन्टेन्ट राखेका छन्। सामान किन्दा एडभान्स स्वरूप केहि रकम अग्रिम दिने ग्राहकहरूका लागि उनले ५% छुटको पनि व्यवस्था गरेका छन्।

यति हुँदाहुँदै पनि व्यवसायमा अहिले कुनै समस्या नभएको हैन। दिनमा टिफर चलाउन नदिने भएका कारण रातमा ढुवानी गर्नुपर्ने हुन्छ। यसमा प्रधुम्नका साथसाथै ड्राइभरहरूलाई पनि समस्या पर्ने गर्छ। बर्खामा बाटो बिग्रिन्छ अनि सामानको मूल्य पनि बढ्छ। भनेको समयमा ठाउँमा सामान पुर्याउन गार्हो हुन्छ। ग्राहकहरूलाई पनि सधै दिंदै आएको मूल्य भन्दा बढाएर बेच्नु पर्ने भएका कारण सम्झाउन र बुझाउन उत्तिकै गार्हो। तर समस्याहरू आइरहेनन् भने व्यवसायप्रति चनाखो पनि भइँदैन। त्यसैले पनि उनी यी समस्याहरूका कारण रोकिएका भने छैनन्।

व्यवसायमा ग्राहकको सन्तुष्टि ठूलो कुरा रहेछ भन्ने बुझेका छन्। एकपल्ट बनेको ग्राहकलाई आइराख्ने बनाउनलाई राम्रो सेवा दिनुपर्छ भन्ने मर्मलाई नभुली काम गर्छन्। भन्छन्, “ हामीले कम मूल्यमा राम्रो तथा गुणस्तरीय सामान प्रदान गर्दै आएका छौँ, ग्राहकको सन्तुष्टि नै हामो पनि सन्तुष्टि हो।”

परिवारसँग बसेर स्वदेशमै काम गर्दा उनलाई विदेश जानु भन्दा ज्यादा सन्तुष्टि मिलेको छ। आफू निकै वर्ष विदेश बसेको अनुभवबाट हेर्दा उनलाई स्वदेश नै ठीक लाग्छ। भन्छन् ‘ विदेशमा जति दु:ख गरिन्छ त्यो दुख देशमै गर्ने हो भने पनि राम्रो कमाइ हुन्छ र परिवारबाट पनि टाढा हुनुपर्दैन ’।

नोट: यो लेख उद्यमी नेपालको श:शुल्क सेवा अन्तर्गत तयार पारिएको हो। उद्यमी नेपालको श:शुल्क सेवा लिइदिनु भएकोमा देउजा निर्माण सामाग्री सप्लायर्सलाई विशेष धन्यवाद।

देउजा निर्माण सामाग्री सप्लायर्ससँग सम्पर्क गर्नुहोस्:

फोन: ९८४१३१४६३३    

तलको युट्युब भिडियोमा उद्यमी नेपाल र देउजा निर्माण सामाग्री सप्लायर्स बीच भएको प्रतक्ष अन्तर्वार्ता हेर्नुहोस्: 

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img