दाल, चामल, मसला, अचार जस्ता दिनदिनै चाहिने सामानहरु आफ्नो घर नजिकैको पसलमा पुगेर किन्नु कुनै नौलो कुरा हैन।

यी खानेकुराहरु किन्दा केमिकलले भरिएका, कम गुणस्तर भएका र जथाभावी ढंङ्गबाट प्रशोधित हुन् कि भनि खोजि नगरी किनेर घर लैजानु हाम्रा लागि झनै सामान्य जस्तै बनेको छ।

ग्राहकको मात्र नभई बिचौलियाको मारमा परि बजार भाउ भन्दा कयौ गुणा सस्तो भाउमा यी समानहरु बिक्रि गर्नु पर्ने आम कृषकहरुको समस्या त झनै चर्को छ।

यस्तो आवस्थामा किसानको बारीमा उत्पादित समानहरु सिधै ग्रहाकको घरसम्म पुर्याउने काम गर्दै आइ रहेको छ “काठमाडौँ अर्ग्यनिक्स्” ले। त्यो पनि अनलाइन माध्यमबाटै।

प्रधानमन्त्रीले खाएको चामल भन्दै मार्सीको माग ह्वात्तै बढेको उनी बताउँछन्। यसरी नै अर्गानिक र स्थानिय उत्पादनको माग बढेमा उत्पादन गर्न कृषक पनि उत्साहित हुने र व्यावसायीक रुपमा यस्ता स्थानीय बालि पनि उत्पादन गर्न सकिने भएकाले नेपालमै उत्पादित स्थानीय खाद्यपदार्थलाई व्यावसायीकरण गरिनुपर्ने उनको भनाई छ।

तपाईले ‘काठमाडौँ अर्गानिक्स’(kathmanduorganics.com) नामको वेबसाइटमा गाएर सजिलैसँग दाल, चामल, मसला, चिया, मह, अचार, घरमै बन्ने जाम, बेसार, अदुवा, दालचिनी आदि किन्न सक्नु हुन्छ। यी सामग्रीहरु देशैभरीका विविध स्थानबाट ल्याएर ग्राहकको माझमा राखिएको हो। जुम्लाको मार्सी, कागुनो, मह, पिठो, कफी, विविध अर्गानिक रुपमै उत्पादन गरिएको साबुन, तेल लगायतका सौन्दर्य सामग्री पनि वेबसाइटमा भेटिन्छ।

संस्थापक भुवन केसी बताउँछन् “ ‘काठमाडौँ अर्ग्यानिकस् ‘ कृषक र ग्राहकको बिचमा हुने बेचौलियालाई विस्तापित गर्ने भरपर्दो विकल्प बन्दै गई रहको छ। यसले एकातिर कृषकलाई मारमा नपारी आकर्षक मूल्य दिन्छ  भने अर्कातिर ग्राहकलाई पनि बजार भन्दा सस्तो मुल्यमा सामग्री उपलब्ध गराउछ।”

भुवन २०७१ तिर आफ्नै अर्गानिक फार्म चलाउँथे। आफ्नै फार्ममा उत्पादित सामाग्री बेच्न भने उनलाई निकै गाह्रो भयो। बेचौलियाको दबदबा सबैभन्दा ठुलो समस्या थियो। आफुसँग धेरै उत्पादन थियो तर बेच्ने उचित वातावरण भने उनले पाएनन्। पसल वा आउटलेट खोल्नु खर्चिलो हुन्थ्यो अनि सबै उत्पादन एकैपटक पसलमा राख्न पनि गाह्रो थियो। यस्तै यावत समस्याको बीचमा २०७४ को सुरुवाततिर भुवन केसी र उनकी श्रीमती निशा तौजले मिलेर “काठमाडौँ अर्गानिक्स” सुरु गरे।

आज उनको वेबसाइटमा एक सय भन्दा बढी उत्पादनहरु राखिएका छन् भने छिट्टै तरकारीजन्य उत्पादन र अन्य अर्गानिक उत्पादन पनि थपेर ३०० बढी सामान ग्राहकलाई उपलब्ध गराउने तयारीमा केसी छन्।

वेबसाइट त सुरु भयो तर सामान कसरी राख्ने भन्ने बारेमा भने समस्या नै थियो। कृषकले उनीहरुलाई पत्याउने एउटै आधार भनेको बजारको भाउ अनुरुप उचित मूल्य दिएर कृषकको सबै सामान किनिदिनु थियो। सिधै कृषकसँग सम्पर्क गर्ने भएकाले कृषकलाई बढी फाइदा दिएर पनि बजारमा प्रतिस्पर्धी भाउ कायम गर्न उनलाई सजिलो भयो।

उनको उद्देश्य भनेको वेबसाइट चलाउनु र ग्राहकबाट फाइदा लिनु मात्रै थिएन। किसानामुखी पनि भएकाले गुणस्तरीय प्राङ्गारिक उत्पादन उनले पाए। उनको अधिकांश उत्पादनमा बजारमा सामान्य रुपमा रहेको मुल्यको ८० प्रतिशत मूल्य मात्रै कायम छ। यसले भने उनलाई ग्राहकसँग नजिक पुर्याइदियो। ग्राहकको आवश्यकता अनुरुप आज उनको वेबसाइटमा एक सय भन्दा बढी उत्पादनहरु राखिएका छन् भने छिट्टै तरकारीजन्य उत्पादन र अन्य अर्गानिक उत्पादन पनि थपेर ३०० बढी सामान ग्राहकलाई उपलब्ध गराउने तयारीमा केसी छन्।

उनी कृषकलाई उचित मुल्य र ग्राहकलाई साहुलियत त दिन्छन नै, त्यसमा पनि ग्राहकले kathmanduorganics.com मा सामान किनेको एक हप्ता सम्म उक्त सामान मन नपरेका खण्डमा फिर्ता गर्न पाउँछन्। अर्गानिक उत्पादन भन्ने सुन्दा जति नौलो लाग्छ त्यस्तो अपेक्षा पुरा नहुने आम ग्राहकको गुनासो सुनेका र आँफैले ग्राहकको रुपमा पनि भोगेका उनले “अर्गानिक” नामले ठगी गर्ने चलन बढेकाले ग्राहकलाई यस्ताे सुविधा दिएको बताए।

त्यसै पनि अर्गानिक उत्पादन खानुपर्छ भन्ने चेतना ग्राहकमा कम छ। अनि बजारमा भने हेर्दा राम्रो देखिने तर पौष्टिक गुण नभएको अप्राकृतिक सामग्री बढी रुचाउने ग्राहक धेरै हुन्छन्। त्यस्तै सामग्रीको उत्पादन व्यावसायिक रुपमा बढी हुने भएकाले पनि ग्राहक सजिलोको लागि त्यस्तै उत्पादन किन्न बाध्य छन्। अर्गानिक भनिने खाद्य पदार्थ तुलनात्मक रुपमा उत्पादन र बजारीकरणको कठिनाईले महँगो पनि हुने भएकाले ग्राहक त्यस्सै तर्सिन्छन्। यस्तो वातावरणको माझ नेपालकै हिमाली, पहाडी र तराइका क्षेत्रमा पाइने स्थानीय उत्पादनमात्रै बिक्रि गर्नका लागि अनलाइन वेबसाइट खोल्दा भने उनलाई सुरुवातमा निकै अप्ठ्यारो नभएको हैन।

ग्राहकले kathmanduorganics.com मा सामान किनेको एक हप्ता सम्म उक्त सामान मन नपरेका खण्डमा फिर्ता गर्न पाउँछन्।

आफ्नै अर्गानिक फार्मं, ग्रिन सिटि अस्पतालको कार्याकारी अध्यक्ष हुँदै आज kathmanduorganics.com चलाईरहेका भुवनको समानान्तर चलिरहेको Ecoprise भनिने व्यवसायले पनि कृषकलाई “Agro hub” परियोजना मार्फत मिल, सोलार ड्रायर, सिंचाइको प्रविधी लगायत विषयमा सघाउँदै उन्नत र प्रविधिमैत्री कृषि गर्न कृषकलाई सहयोग गरिरहेको उनी बताउँछन्।

दैनिक २० ओटा अर्डर र डेलिभरी नघट्ने आजको दिनसम्म आइपुग्दा जुम्ला, नुवाकोट लगायत स्थानीय स्तरमा उत्पादन भएका सामान उनले ग्राहकसम्म पुर्याईरहेका छन्। बालुवाटारमा कार्यालय रहेको काठमाडौँ अर्गानिक्सले काठमाडौँ, ललितपुर र भक्तपुरका धेरै ठाउँमा आफ्नो उत्पादन डेलिभरी गर्दै ग्राहकको घर घरमा पुगेर सेवा दिइरहेको केसीले बताए।

आज ७ जना कर्मचारीको साथमा कार्यालय चलिरहेको उनले बताए। उनले कुनै नयाँ काम गरेका त हैनन्, तर अरुले पनि गरिरहेको पुरानै कुरालाई वेबसाइटमा राखेर व्यवस्थित रुपमा अनलाइन अर्गानिक स्टोर चलाउने भने उनी नै पहिलो व्यक्ति हुन्। यसअघि सामाजिक सञ्जालमा मात्रै अनलाइन कृषि उत्पादन बेच्ने अन्य धेरै व्यवसाय चल्दै आए पनि वेबसाइटकै स्वरूपमा भने उनी भन्दा अघि कोहि थिएनन्।

छ महिना देखि एक वर्ष भित्रमा ३०० बढी उत्पादन राख्ने र अर्गानिक तरकारी पनि बेच्ने उनको योजना अनुसार बारा जिल्लाका कृषकसँग उनले "करारमा कृषि" (कन्ट्रयाक फारमिंग) गर्ने प्रक्रिया अघि बढाएका छन्। उनको योजना भनेको कृषकलाई उचित फाइदा दिने र ग्राहकलाई पनि प्रतिस्पर्धात्मक दरमा उत्पादन उपलब्ध गराउने हो। कृषकले निकै कम उत्पादन हुने मार्सी, कागुनो, जस्ता बालिलाई प्रविधिको प्रयोग गरेर धेरै मात्रामा व्यावसायिक रुपमा उत्पादन गर्न सघाउनु पनि उनको लक्ष्य हो।

आजभोली भने प्रधानमन्त्रीले खाएको चामल भन्दै मार्सीको माग ह्वात्तै बढेको उनी बताउँछन्। यसरी नै अर्गानिक र स्थानिय उत्पादनको माग बढेमा उत्पादन गर्न कृषक पनि उत्साहित हुने र व्यावसायीक रुपमा यस्ता स्थानीय बालि पनि उत्पादन गर्न सकिने भएकाले नेपालमै उत्पादित स्थानीय खाद्यपदार्थलाई व्यावसायीकरण गरिनुपर्ने उनको भनाई छ। हेर्दा आकर्षक देखिए पनि प्रशाधन गरिएका खाद्यपदार्थ स्वास्थ्यवर्द्वक नहुने भएकाले र अर्थतन्त्रमा पनि बाहिरको खाद्यपदार्थले नै बढी हिस्सा ओगटेकाले आफ्नो स्वास्थ्य र देशको अर्थतन्त्र दुबैको हितार्थ पनि यस्ता स्थानीय उत्पादनलाई प्रवर्द्वन गरिनुपर्ने उनको धारणा छ।

बेचौलियाको दबदबालाई अन्त्य गर्दै कृषकलाई र ग्राहकलाई पनि उचित मूल्य दिने अनि स्थानीय उत्पादन र प्रविधिमैत्री कृषि प्रवर्द्वन गर्ने उद्देश्यले लागि परेका भुवन र निशाको “काठमाडौँ अर्गानिक्स”को कन्ट्रयाकट फारमिंग, प्रविधिमैत्री कृषि लगायतका समयसापेक्ष उन्नतन् कृषिका अवधारणा उद्यम गर्न चाहाने युवालाई नयाँ सम्भावनाको ढोका पनि बन्न सक्छ।

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल