यो कथा, बाटामा कार्पेटको भारी बोग्दै, बेच्दै हिँडेका एक दाजुको हो । नाम सोध्दा ‘जिउ पाले, धन संगाले’ भन्ने उनीले उद्यमी नेपालको टिमसँग आफ्नो जीवन र व्यवसायको बारेमा केही कुराहरू बताएका छन् ।

हेर्दा भखर चालिस जस्ता देखिने ५५ वर्षिय धनीराम सापकोटाको घर मध्ये-पश्चिम नेपालमा पर्दो रहेछ । उनको तिन जना छोराहरू र एक जना छोरी छन् र उनी दुई नातीहरूका हजुरबुबा पनि हुन् । यत्रो उमेर पुग्दा पनि उनी कार्पेटको भारी बोकेर काठमाडौँ सहरको हरेक कुना कुना बेच्न पुग्छन् ।

उनले यो व्यवसायमा लागेको बिस वर्ष भइसकेको कुरा बताए । उनले भने, “म काठमाडौँ आउनु अगाडी आफ्नै गाउँमा बसेर खेतीपाती गर्थें । मेरो एउटा सानो किराना पसल पनि थियो । सङ्कटकालको बेलामा घरमा बस्ने अवस्था नभएर गाउँ छाडी सहर पसेको हुँ । यसै क्रममा कामको खोजीमा मेरो एकजना साथीको मार्फतबाट यो कामको बारेमा थाहा पाएर यसैमा लागेको ।”

उनीले भने यो व्यसायमा मुख्य चाहिने नै बोली हो । मार्केटिंग गर्न जानियो भने राम्ररी ग्राहक बनाउन सकिन्छ । उनले यो व्यवसाय गर्न साहुकोबाट कार्पेटहरू लिएर आउँछन् र ब्यान, बेलुका कार्पेट बोक्दै बेच्न हिद्छन् । उनी जस्तै अरू ४२  बयालिसजना छन्, जो दिनदिनै कार्पेट बेच्न हिँड्ने गर्छन् । उनको भनाई अनुसार उनी पहाड बाहेक सबै ठाउँमा कार्पेटहरू बेच्न पुग्छन् । यसरी बेचेर दिनको कहिले पाँच सय त कहिले पाँच हजार सम्मको आम्दानी हुने कुरा उनले बताए ।

कृषक भएको नाताले उनी धान बाली रोप्ने समयमा आफ्नो गाउँ फर्किन्छन् र सबै रोपाई सिध्याएर फेरी काठमाडौँ आइ कार्पेट बेच्ने काममा नै लाग्छन् । यसरी नै व्यवसाय गरेर उनले आफ्ना छोरा छोरीहरुलाई राम्रो उच्च पदकको शिक्षा पनि दिन सफल भएका छन् ।  

यसरी हेर्दा साधारण देख्ने उनीले आफ्नो पुर्ख्यौली काम पनि छोडेका छैनन् र खाली भएको समयमा कार्पेट बेचेर आफूमा भएको ऊर्जा र समयको पनि राम्रो सदुपयोग गर्दै आएका छन् । उनी धन सम्पत्ति नभएका व्यक्ति होइनन् तर पनि मिहिनेत गर्नमा विश्वास गर्ने उनी, आफ्ना सन्तान र अहिलेका युवा पुस्ताका लागि एक बुलन्द उदाहरण बन्न सक्छन ।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल