Webp.net resizeimage

ग्रिन-टि (हरियो चिया) को माग हिजो आज बिदेशमा मात्रै नभएर नेपालमा पनि बढ्दो छ। शिक्षा र सूचनाको विस्तारसँगै बिशेष गरेर अहिलेका युवापुस्ता आफ्नो स्वास्थ्यलाई लिएर निकै ध्यान दिने गरेको पाइन्छ। त्यसमा पनि महिलाहरूले आफ्नो यौवनलाई सुरक्षित राख्न र दुब्लाउन वा भनौ स्लिम/फिट रहनको निम्ति ग्रिन-टीको व्यापक प्रयोग गर्ने गरेको देखिन्छ । बजारमा धेरै नाम र प्रकारमा पाइने यस्ता ग्रिन-टि मानव स्वास्थ्यको लागि अत्तिनै फाइदा जनक मानिन्छ।

 यसै क्रममा उद्यमी नेपालको टिमले ललितपूरको पाटन स्थित एक महिला ग्रिन टी व्यवसायी 'सर्मिलासँग' अन्तर्वार्ता लिएको थियो । स्वदेश मै बसि  आफ्नै उद्यम गरेर जीवनमा केहि गरौ भन्ने महिला र पुरुष दुवैका लागि सर्मिलाको कथा प्रेरणादायी हुनसक्छ । उनीसँगको छोटो अन्तरवार्ता यस प्रकार छ:

 १. तपाईँले यो व्यवसाय सुरु गर्नु भएको कति भयो ?

मैले यो व्यवसाय थालनी गरेको लगभग सत्र वर्ष भइसक्यो।

 २. तपाईँलाई यो व्यवसाय सुरु गर्ने विचार कसरी आयो ?

त्यसबेला बजारमा यो ग्रिन-टि को माग बढिरहेको छ भन्ने थाहा पाए, अनि मैले पनि यो व्यवसाय गर्दा मानिसको स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्दै आम्दानी गर्न स्किने देखेर म यो व्यावसाय तर्फ आकर्षित भए।

 ३. यो व्यवसायमा सुरु गर्न कति लगानी गर्नु भयो त ?

यो व्यवसाय सुरु गर्नलाई मैले करिब पाँच लाख रुपियाँको लगानी गरेको थिएँ। लगानी चाहिँ फर्निचर किन्न, व्यवसाय रजिस्टर गर्न, बिभिन्न प्रकारका चियाहरु र अन्य चाहिने सामानहरू किन्न लगाएँ। अहिले यसबाट मलाई र मेरो परिवारलाई पनि सहयोग पुग्ने गरि मनग्य आम्दानी भई रहेको छ ।

 ४. व्यवसायमा आफू मात्रै संलग्न हुनुहुन्छ कि कसैलाई रोजगारी पनि दिनु भएको छ?

अहिलेसम्म म र मेरो श्रीमान् मिलेर यो व्यवसाय गरिरहेका छौँ, त्यसैले परिवार कै सदस्यहरूले काम पाएको छ भन्नु पर्ला।

 ५. तपाईँले यो ग्रिन टि कहाँ बेच्नु हुन्छ ?

म धेरैजसो यहि पसलबाट बिक्री गर्छु र केही मात्रामा जापान पनि निर्यात गर्छु। चिया मेरो मुख्य व्यावसाय हो, तर ग्राहकको मागलाई हेरेर ग्रिन-टि सँगै मैले अरू सामानहरू जस्तै: मह, कफी, हर्बल साबुन, पोस्ट कार्ड, आदि पनि बिक्रि गर्ने गरेको छु  ।

 ६. यो व्यवसाय गर्न चाहनेहरूलाई के सुझाव दिन चाहनु हुन्छ ?

गर्नसके यो व्यवसायमा अरुको स्वास्थ्यमा समेत राम्रो लाभ पुर्याउदै राम्रो आम्दानी गर्न सकिन्छ । मानिसहरुको चेतना र शिक्षा सँगसँगै बजारमा ग्रिन-टिको माग बढी रहेको छ, त्यसैले यो व्यवसाय गर्न चाहनेहरूले सुरु गर्नु एकदम राम्रो हुन्छ भन्न चाहन्छु। तर चिया कहाँबाट किनेर ल्याउने, कति मुल्यमा किनेर ल्याई कतिमा बेच्ने भन्नेबारे राम्रो जानकारी हुनुपर्छ।

0
0
0
s2sdefault

UDHYAMI NEPAL

बुकिङ्ग खुल्ला !