दीपिका महर्जन एक युवा व्यवसायी हुन् । उनी विभिन्न खालका हस्तकला सामग्रीहरू बेच्ने र निर्यात पनि गर्ने गर्छिन् । उनीको पाटन ढोका स्थित ‘दिया हस्तकला’ नामक एक आकर्षक हस्तकलाहरू सजाइएको सोरुम छ । उनको कलेक्सनमा नेपालमै बनेका विभिन्न प्रकारका हस्तकला सामग्रीहरू जस्तै पश्मिना सल, जुटले बुनेका ब्यागहरू, नेपाली कपडाले बनेका लुगाहरू, स-साना मुर्तिहरु, पथ्थरले बनेका माला र हातमा लगाउने गहनाहरू र अन्य थुप्रै उपहार सामग्रीहरू राखिएका छन् । उनीले यस्ता सामग्रीहरू होलसेलमा किनेर ल्याउँछिन् र त्यही सामान रिटेल भाउमा बेच्छिन् ।

 उद्यमी नेपालको टिमले दीपिकासँग हस्तकला व्यवसाय सम्बन्धी गरेको सानो अन्तरवार्ताको आधारमा यो लेख तयार पारिएको हो ।

 १. यो व्यवसाय सुरु गर्ने सोच कसरी आयो ?

मैले यो व्यवसाय खोल्नु अघि केही वर्ष एउटा हस्तकला उत्पादन गर्ने संस्थामा काम गरेको थिएँ र त्यही काम गर्दा गर्दै आफैले हस्तकलाको व्यवसाय गर्ने सोच आयो । अहिले म र मेरो पाटनर मिलेर यो व्यवसाय सुरु गरेका हौँ ।hht22

२. यो व्यवसाय सुरु गर्न कति लगानी गर्नु भयो ?                                                                                          

हामीले यो व्यवसाय सुरु गर्नको लागि लगभग ४ लाखको लगानी गरेका छौँ ।

 ३. तपाईँ यो व्यवसायमा लाग्नु भएको कति वर्ष भयो ?

यो सोरूम खोलेको चाहिँ पाँच महिना भयो तर यही हस्तकला क्षेत्रमा काम गरेको चाहिँ पाँच वर्ष भैसक्यो ।

 ४. तपाईँले बेच्ने सामग्रीहरूको मार्केटिंग कसरी गर्नु हुन्छ ?

हालै मार्केटिङ्गको लागि भने भिजिटिङ्ग कार्ड बनाएका छौँ र हाम्रो व्यवसायको फेसबुक पेज पनि खोलेका छौँ र त्यसैको मार्फतबाट मार्केटिंङ्ग गर्छौँ ।

 ५. यो व्यवसायमा कतिको आम्दानी हुन्छ ?

अहिलेको समयमा प्राय युवाहरू नेपालमै बनेका नेपालीपन झल्किने खालका सामग्रीहरू प्रयोग गर्न रुचाएको देखिन्छ । हस्तकलाका सामग्रीहरू आफ्नो दैनिक प्रयोगको लागि पनि किन्ने र गिफ्ट दिनको लागि पनि किन्ने गर्छन् । बजारमा नेपाली हस्तकलाको माग बढेको छ । त्यसैले यो व्यवसायमा राम्रै आम्दानी छ भन्नु पर्‍यो । महिनामा पचास हजार देखि एक लाख सम्मको व्यापार हुने गरेको छ ।

 ६. यो व्यवसायले कति जनालाई काम दिएको छ ?

अहिले म र मेरो पाटनर नै पसलमा पालै-पिलो बस्छौँ र हामीले एक जना स्टाफ पनि राखेका छौँ ।

 ७.यस्तै व्यवसाय गर्न चाहनेहरूलाई के सुझाव दिन चाहनु हुन्छ ?

यो व्यवसाय सुरु गर्नु अघि केही आधारभूत कुराहरू जान्न जरुरी छ जस्तै हस्तकलाका सामान कहाँ बन्छ, कसरी बन्छ, र आफूले बेच्ने सामान कहाँबाट ल्याउने, आदि कुराको ज्ञान हुनु पर्छ । यसैगरी यो व्यवसायको देश भित्र मात्र नभएर देश बाहिर पनि त्यतिकै राम्रो अवसर छ, हस्तकलाका सामग्रीहरू विदेशमा निर्यात गरी आफ्नो व्यापार बढाउन पनि सकिन्छ भन्न चाहन्छु ।




0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल