Photo Source : Nagarik Sandesh

खजुरा, बाँकेको कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्रले प्रदेश ५ का इच्छुक कृषकहरूलाई कृषि क्षेत्रमा क्षमता अभिवृद्धि तथा सीप विकास गराउने उदेश्यले नि:शुल्क कृषि तालिम दिने भएको छ। तालिम लिन चाहने कृषकहरूले यो सूचना पढि समयमा नै आवेदन दिएर तालिमबाट लाभ उठाउन सकून् भन्ने हिसाबले हामीले यो सूचना तयार परेका छौँ।

कसले निवेदन दिन पाउँछन्?

प्रदेश ५ का इच्छुक कृषकहरूले निवेदन दिन पाउँछन्।

केके तालिमहरू लिन सकिन्छ?

तल दिइएका मध्ये छानेर बढीमा ३ वटा तालिमहरू लिन सक्नुहुन्छ:

  • आधुनिक मौरी पालन प्रविधि 
  • व्यावसायीक च्याउ खेती प्रविधि 
  • व्यावसायीक तरकारी खेती प्रविधि 
  • फलफूल बाली खेति प्रविधि 
  • पुष्पखेति प्रविधि
  • प्राङ्गारिक खेति प्रविधि
  • व्यावसायिक योजना तयारी तथा तरकारी नर्सरी व्यवस्थापन तालिम

तालिम कति दिनको हुन्छ?

तालिम ६ दिनको हुन्छ।

केके कागजात चाहिन्छ?

  • रु. १० को टिकट टाँसिएको निवेदन फारम
  • नागरिकताको फोटोकपी
  • सम्बन्धित वडा कार्यालयले दिएको सिफारिस पत्र
  • वैदेशिक रोजगारीबाट फर्किएको भए पासपोर्ट र भिसाको फोटोकपी
  • शैक्षिक योग्यताको प्रमाण पत्र

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

निवेदन यही मिति २०७६ मङ्सिर १७ गते भित्रमा बुझाइसक्नु पर्छ।

निवेदन कहाँ बुझाउने?

निवेदन प्रदेश नं. ५ अन्तर्गतका कृषि ज्ञान केन्द्र तथा सम्पर्क कार्यालयमा बुझाउनु पर्छ।

निवेदन फारमको ढाँचा हेर्नुहोस्:

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

फोन नं. : ०८१५६०४४२

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it. 

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल