कुनै व्यवसाय गर्न खोजिरहेको भएपनि हातमा सीप नभएर अप्ठ्यारोमा परिरहेका सबैलाई खुशीको खबर छ।गण्डकी प्रदेश, पोखराको व्यवसायिक तथा सीप विकास केन्द्रले त्यस्तै व्यक्तिहरूलाई लक्षित गरेर विभिन्न किसिमका नि:शुल्क स्वरोजगार तालिमहरू दिने भएको छ। तालिम लिनका लागि इच्छुक नेपाली नागरिकहरूलाई निवेदन बुझाउन अनुरोध गर्दै उक्त केन्द्रबाट सुचना प्रकाशित भएको छ। जसमा अन्तर्वार्ता लगायत विभिन्न प्रकृया पुर्याएर तालिमका लागि प्रशिक्षार्थी छनौट गरिन्छ। साथै तालिमको प्रकृति अनुसार खाजा र भत्ताको व्यवस्था पनि कार्यालयले गरिदिने जानकारी दिएको छ।
कसले निवेदन दिन पाउँछन्?
- १८ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका र तोकिएको योग्यता पूरा भएका सम्पूर्ण नेपाली नागरिकहरूले पाउँछन्
कुनकुन विषयमा तालिम दिइन्छ?
सि न. |
तालिमको नाम |
संख्या |
तालिमको अवधि |
शैक्षिक योग्यता |
अन्तर्वार्ता मिति |
१. |
सिलाई कटाइ स्तरबृद्धि |
२० |
४५ दिन |
आधारभूत तालिम लिएको हुनुपर्छ |
२०७६/०१/२४ गते बिहान १० बजे |
२. |
केश शृंगार |
२० |
४४ दिन |
आधारभूत तालिम लिएको हुनुपर्छ |
२०७६/०१/२४ गते बिहान १२ बजे |
३. |
सिलाई मेसिन मर्मत |
४० |
७ दिन |
सिलाई सम्बन्धि काम गर्दै आएको हुनुपर्ने |
केन्द्रले पछि तोक्ने छ |
४. |
मोटरसाइकल मर्मत |
२० |
३२ दिन |
- |
२०७६/०१/२४ गते बिहान १:३० बजे |
५. |
सुरक्षा गार्ड |
५० |
३२ दिन |
- |
२०७६/०१/२४ गते बिहान ३ बजे |
केके कागजात चाहिन्छ?
- नेपाली नागरिकताको फोटोकपी
- तोकिए अनुसारको शैक्षिक योग्यताको फोटोकपी
- अन्तर्वार्तामा उपस्थित हुँदा भने आवेदन दिँदा बुझाइएका कागजातहरूको सक्कल प्रतिनै साथमा लिएर आउनुपर्ने हुन्छ
अन्तर्वार्ताको नतिजा कहिले प्रकाशन हुन्छ?
- नतिजा यही मिति २०७६/०१/२४ गते बेलुकी ५ बजे प्रकाशन हुनेछ
निवेदन कहाँ र कहिले सम्ममा बुझाउन सकिन्छ?
- निवेदन व्यावसायिक तथा सीप विकास केन्द्र, गण्डकी प्रदेश, पोखरामा यही मिति २०७६ साल वैशाख २३ गते भित्र बुझाउन सकिन्छ
नोट: विपन्न, महिला, परिवार, दलित, एकल महिला, द्वन्द्व पीडित वा त्यस्तै किसिमका उमेद्वारहरूलाई विशेष प्राथमिकता दिइने जानकारी समेत प्राप्त भएको छ। तालिम लिइसकेपछि भने अनिवार्य रूपमा लिएको तालिम सम्बन्धीनै पेशा अथवा व्यवसाय गर्नुपर्नेछ।
कहाँ सम्पर्क गर्ने?
व्यावसायिक तथा सीप विकास केन्द्र, गण्डकी प्रदेश, पोखरा: ०६१-४६०५११
सूचना जस्ताको त्यस्तै हेर्नुहोस्: