Photo Source : atihyderabad.ap.nic.in

अर्जुन धारा नगरपालिका, रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्टिच्युट, इलामले सिटिइभिटीको सहयोगमा नि:शुल्क च्याउखेति र हाउस वायरिङ्ग तालिम दिने भएको छ। उक्त नगरपालिकाबाट इच्छुक व्यक्तिहरूलाई समयमा नै आवेदन बुझाइ तालिम लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले निवेदन दिन पाउँछन्?

  • अर्जुन धारा, झापाका सम्पूर्ण नेपाली नागरिकहरूले पाउँछन्

कुन तालिम कति जनाले लिन पाउँछन्?

१. च्याउ खेती- ४० जना

२. हाउस वायरिङ्ग- ४० जना

केके कागजात चाहिन्छ?

  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको २ वटा फोटो

फारम कहाँबाट लिने?

निवेदन फारम अर्जुन धारा नगरपालिकाको कार्यालय, शनिश्चरेबाट लिन र बुझाउन सकिन्छI

फारम बुझाउने अन्तिम मिति कहिले हो?

फारम यही मिति २०७५/१२/३० गते भित्र बुझाइसक्नुपर्छ।

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img