Photo Source : www.isscorp.com

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वतको आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गरिने कार्यक्रम अनुसार विभिन्न सीप विकास तालिमहरू दिइने भएको छ। उक्त केन्द्रबाट इच्छुक नेपाली नागरिकलाई समयमा नै आवेदन दिएर तालिम लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले आवेदन दिन पाउँछन्?

१८ देखि ४० वर्ष भित्रका नेपाली नागरिकहरूले पाउँछन्।

केके विषयमा तालिमहरू दिइनेछ?

तालिमहरु

तालिमको अवधि

चाहिने न्युनतम शैक्षिक योग्यता

कम्प्युटर (आधारभूत)

३ महिने

एस.एल.सी. उत्तीर्ण

केश शृंगार

३ महिने

कक्षा ८ उत्तीर्ण

सिलाई-कटाई

३ महिने

कक्षा ८ उत्तीर्ण

तालिम कहाँ संचालन हुन्छ?

तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, कुश्मा, पर्वतमा हुनेछ।

केके कागजात चाहिन्छ?

  • रु.१० को टिकट टाँसेर स्पष्ट रुपमा भरेको आवेदन फारम
  • नेपाली नागरिकताको फोटोकपी
  • शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी
  • हालसालै खिचिएको पासपोर्ट साइजको एउटा फोटो

सहभागीहरु केको आधारमा छनौट गरिनेछ?

सहभागीहरु अन्तर्वार्ताको आधारमा छनौट गरिनेछ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१२/०१ गते भित्र निवेदन बुझाइसक्नुपर्छ।

नोट: सहभागी छनौट गर्दा महिला, दलित, अपाङ्ग, शहिद परिवार, विपन्न, एकल महिला र भूकम्प पीडित व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ।

कहाँ सम्पर्क गर्ने?

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, पर्वत: +९७७- ०६७-४२१११५

वेबसाइट : www.parbat.training.gov.np, www.vsdtc.gov.np

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img