Photo Source : Orane International COSMETOLOGY

नेपाल सरकार अन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को सहयोगमा मदन- आश्रित स्मृति प्राविधिक शिक्षालयबाट विभिन्न प्राविधिक विषयहरूमा ३ महिने निःशुल्क सीपमूलक तालिमहरू दिइने भएको छ। इच्छुक नेपाली नागरिकहरूलाई समयमा नै आवेदन दिनका लागि उक्त शिक्षालयबाट एउटा सूचना प्रकाशित भएको छ।

कसले निवेदन दिन पाउँछन्?

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भएका व्यक्तिहरूले पाउँछन्।

केके विषयमा कति जनालाई तालिम दिइन्छ?

१. मेशन- ४० जना

२. हाते इब्रोडरी- ४० जना

३. ब्युटिसियन- ४० जना

४. कुक- ४० जना

५. वेटर असिस्टेन्ट- ४० जना

६. विल्डिङ इलेक्ट्रिसियन- ४० जना

७. जुनियर पोल्ट्री टेक्निसियन- ४० जना

८. जुनियर भेटेनरी असिस्टेन्ट- ४० जना

निवेदन फारम कहाँबाट लिने?

मदन - आश्रित स्मृति प्राविधिक शिक्षालय, कागेश्वरी मनोहरा नगरपालिका ८, गोठाटार, काठमाडौँबाट निवेदन फारम लिन सकिन्छ।

फारम बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/११/२५ गते भित्रमा फारम बुझाउन सकिन्छ।

सहभागीहरू कसरी छनौट गरिन्छ?

सहभागीहरू अन्तर्वार्तामार्फत छनौट गरिन्छ।

तालिम कहिलेबाट सुरु हुन्छ?

यही मिति २०७५/१२/०१ गते देखि तालिम सुरु हुनेछ।

नोट: तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई हरेक दिन खाजा र तालिम सामाग्रीको व्यवस्था गरिनेछ।

थप जानकारीका लागि:

मदन - आश्रित स्मृति प्राविधिक शिक्षालय, कागेश्वरी मनोहरा नगरपालिका ८, गोठाटार, काठमाडौँ: ०१-४९९१७४८, ९८५१०७५२०१, ९८५१०५१९८३

सूचना जस्ताको त्यस्तै:

 

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !