Photo Source : She Has Hope

टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, काठमाडौँबाट महिलाहरूलाई लक्षित गरी सिलाईको दोस्रो लेवल अर्थात् एडभान्स लेवलको तालिम सञ्चालन हुने भएको छ। उक्त कार्यालयबाट सिलाई व्यवसाय सञ्चालन गर्दै आएका महिलाहरूलाई तालिममा सहभागी हुन अनुरोध गरी सूचना प्रकाशित गरिएको छ।

कसले आवेदन दिन पाउँछन्?

  • ५ कक्षा पास गरी कम्तीमा सिलाई सम्बन्धी काम गरेको ५ वर्ष अनुभव भएका टोखाका स्थानीय बसोबासी महिलाहरूले पाउँछन्
  • त्यस्तै व्यवसाय दर्ता गरी सिलाईको काम गर्दै आएका महिलाहरू हुनुपर्नेछ  

केके कागजात चाहिन्छ?

  • स्पष्ट रूपमा भरिएको आवेदन फारम (फारमको नमुना तल दिइएको छ)
  • नागरिकताको फोटोकपी
  • सीप प्रशिक्षण लिएको प्रमाणपत्रको फोटोकपी
  • व्यवसाय दर्ताको प्रमाणपत्र
  • कम्तीमा कक्षा ५ पास गरेको शैक्षिक योग्यताको प्रमाणपत्र

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१०/१० गते भित्रमा निवेदन बुझाइसक्नु पर्नेछ।

कहाँ सम्पर्क गर्ने?

टोखा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, काठमाडौँ: ०१-४३८५०९३, ०१-४३८८४०५

इमेल:This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट: www.tokhamun.gov.np  

सूचना जस्ताको त्यस्तै:



0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img