Photo Source : ECS Nepal

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौँबाट आर्थिक वर्ष २०७५/७६ अनुसार विभिन्न बेसिक तथा एडभान्स नि:शुल्क तालिमहरु संचालन हुने भएको छ। उक्त केन्द्रबाट इच्छुक नेपाली नागरिकहरुलाई आवश्यक कागजात सहित समयमै आवेदन फारम भरि बुझाउन अनुरोध गरिएको छ।

क-कसले आवेदन दिन पाउछन्?

तालिम अनुसारको आवश्यक शैक्षिक योग्यता भएका सम्पूर्ण नेपाली नागरिकहरुले

के के कागजात चाहिन्छ?

  • स्पष्ट रुपमा भरेर रु. १० को हुलाक टिकट टासिएको आवेदन फारम
  • नेपाली नागरिकताको फोटोकपी
  • शैक्षिक योग्यताको फोटोकपी
  • एडभान्स तालिम लिने हो भने बेसिक तालिम सिकेको प्रमाण पत्रको फोटोकपी

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

येही मिति २०७५/०९/२० गते सम्ममा निवेदन बुझाइसक्नु पर्छ।

निवेदन कहाँबाट लिने र कहाँ बुझाउने?

तालिमका लागि निवेदन राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौँबाट लिन र उक्त केन्द्रमा नै बुझाउन सकिन्छ।

सि.न

     तालिमको विवरण

तालिम अवधि

    योग्यता

परीक्षाको किसिम

           स्थान

क.

सीप अभिबृद्दी तालिम (एडभान्स)

       

१.

प्याट्रन सिलाई कटाइ (एडभान्स)

३ महिना

तीन महिना बेसिक सिलाईको तालिम प्राप्त

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

२.

फेसन डिजाईन

३ महिना

६ महिना बेसिक र एडभान्स सिलाईको तालिम प्राप्त

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

ख.

सीपमुलक तालिम (बेसिक)

३ महिना

 

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

१.

प्याट्रन सिलाई कटाइ (बेसिक)

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

२.

हाते ईम्ब्रोइडरी

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

३.

मेसिन ईम्ब्रोइडरी

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

४.

मखमल जुत्ता

२ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

५.

डल बनाउने

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

६.

बेकरी उत्पादन

१५ दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

७.

खाद्य प्रशोधन

१० दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

८.

कागज वस्तु र स्क्रिन प्रिन्ट

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

९.

ह्विल थ्रोईङ्ग

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर र भक्तपुर शाखा

१०.

प्लम्बिङ्ग

३ महिना

१० कक्षा उत्तीर्ण

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

११.

हाउस वायरिङ्ग

३ महिना

१० कक्षा उत्तीर्ण

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

१२.

हाते कागज र फेल्ट वस्तु उत्पादन

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

१३.

क्रिष्टल सामाग्री उत्पादन

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

१४.

रबरमोल्ड र रेग्जीन वस्तु उत्पादन

१५ दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर र भक्तपुर शाखा

१५.

ब्युटीसियन

३ महिना

एस.एल.सी उत्तीर्ण

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

नोट:

  • तालिममा सहभागी छनौट गर्दा महिला, मधेशी, अपाङ्ग, द्वन्दपीडित, दलित, जनजाति, सहिदका परिवार र पिछडिएका वर्ग तथा क्षेत्रका व्यक्तिहरु र एडभान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरि आय आर्जनमा संलग्न भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ
  • उपयुक्त सङ्ख्यामा आवेदन प्राप्त नभएमा वा अन्य कारणबाट तालिम संचालन हुन नसक्ने भएमा कार्यक्रम रद्द वा परिवर्तन गर्न सकिनेछ
  • आवश्यक परेमा प्रशिक्षार्थी छनौट गर्दा लिखित परीक्षा समेत लिन सकिने छ
  • तालिम अवधिभर अनुशासित भै क्रियाकलापमा सहभागी हुन अनिवार्य शर्त हुनेछ
  • पशिक्षार्थीले कुनै प्रकारको भत्ता पाउने छैन
  • माथि उल्लेखित तालिम प्राप्त गरेका सफल प्रशिक्षार्थीहरुका लागि ७ दिने उद्यमशीलता विकास तालिम समेत प्रदान गरिने छ

कहाँ सम्पर्क गर्ने?

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौँ : ४-२६१७६२, ४-२५१५३८, ४-२६५३१२

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img