Photo Source : Asian Development Bank

नेपाल सरकार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्  (CTEVT) सँगको सहकार्यमा विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर दिने भएको छ। सीप परिक्षणबाट अब जो कोहिले विदेशमा सिकेको कामलाई पनि सरकारबाट मान्यता दिलाइ प्रमाणपत्र लिन सक्नेछन्। यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने छ। यी निम्न पेशाहरुको परीक्षण हुनेछ:

१. विल्डिङ पेन्टर

२. फर्निचर मेकर

३. जुनियर प्लम्बर

४. स्काप फोल्डर

५. सटरिङ कार्पेन्ट्रि

६. स्टोन लेयर मेसिन

७. विल्डिङ इलेक्ट्रीसिएन

८. इन्डस्ट्रियल इलेक्ट्रीसिएन

९. असिष्टेन्ट ब्यूटिसिएन

१०. असिष्टेन्ट वेटर

११. केयर गिभर

१२. कमि तेस्रो

१३. हाउस किपिङ क्लिनर

१४. आर्क वेल्डर

१५. आल्मुनियम फेब्रिकेटर

१६. रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स

१७. सेक्युरिटी गार्ड

१८. टेलरिङ

१९. एक्साभेटर अपरेटर

२०. स्ट्रक्चरल फेब्रिकेटेर यसरी सीप परीक्षण गर्दा कुनै शुल्क लाग्ने छैन।

 फारम भर्न केके कागजात चाहिन्छ?

  • नेपाली नागरिकताको फोटोकपी
  • पासपोर्टको फोटोकपी (स्वदेश फर्किदा अध्यागमनबाट छाप लागेको पाना समेत)
  • वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजातहरु
  • हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईवटा

 नोट: फारम भर्दा तथा परीक्षण गर्दा कुनै शुल्क लाग्दैन।

 कहाँ सम्पर्क गर्ने?

वैदेशिक रोजगार प्रवर्धन बोर्डको सचिवालयको फोन नं: ०१-४१०५०६८

 थप जानकारीका लागि सूचना जस्ताको त्यस्तै पढ्नुहोस्:

0
0
0
s2sdefault

भिडियो प्रतियोगिता- पुरस्कारमा एक लाखसम्म!

हाम्रो युट्युब!

 

 

कृषि उत्पादन यहाँ बेच्नुहोस् !