Photo Source : WCCO

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय परीक्षण समिति (National Skill Testing Board) ले सीप सिकेर बसेका नेपाली नागरिकहरुलाई सीपको प्रमाणिकरण गरिदिने भएको छ । यो परीक्षण व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT- II) को सहयोगमा सञ्चालन हुन लागेको हो। राष्ट्रिय परीक्षण समितिबाट आफूले सिकेको सीप परीक्षण गर्नका लागि आफूलाई नजिक पर्ने परीक्षण केन्द्रमा गई समयमै फारम बुझाउन अनुरोध गरिएको छ।

यो परीक्षण ककसले दिन पाउँछन्?

  • १६ वर्ष उमेर पुगि औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका व्यक्तिहरूले
  • विदेशबाट सीप सिकी नेपाल फर्किएका नेपाली नागरिकहरूले

प्रदेश १ देखि ७ सम्मका सीप परीक्षण केन्द्र, परीक्षण हुने व्यवसाय र तहहरू:

निवेदन फारम कहाँबाट लिने?

निवेदन फारम राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट: www.nstb.org.np , www.event.gov.np बाट डाउनलोड गर्न सकिन्छ। साथै तोकिएका केही केन्द्रहरूबाट पनि फारम लिन सकिन्छ।

केके कागजातहरू चाहिन्छ?

  • स्पष्ट रूपमा भरिएको आवेदन फारम
  • पासपोर्ट साइजको हालसालै खिचिएको एकै किसिमको दुईवटा फोटो
  • नागरिकताको फोटोकपी
  • तालिम र अनुभवको प्रमाणपत्रका फोटोकपीहरू
  • दलित, जनजाति र अपाङ्गको हकमा सम्बन्धित निकायबाट प्रमाणित कागजात

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

फारम येही मिति २०७५/०९/१२ गते सम्ममा तोकिएको केन्द्रमा बुझाइसक्नु पर्नेछ।

सीप परीक्षणमा सहभागीले ध्यान दिनुपर्ने कुराहरू यस प्रकार छन्:

 

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

फोन नं: ०१६६३८१५३, ६६३५१९५

मोबाइल नं: ९८५११२७०८०, ९८५११६३९६४

राष्ट्रिय सीप परीक्षण समितिको वेबसाइट: www.nstb.org.np , www.event.gov.np  



0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img