नेपाल सरकारको खाद्य प्रविधि विकास तथा पोषण महाशाखाले १० दिने खाद्य प्रशोधन प्रविधि तालिम दिने भएको छ। तालिममा खाद्य प्रविधि विकास तथा कसरी गर्ने र पोषण महाशाखाको उद्यमी/व्यवसायी विकास तालिमहरू दिइनेछ। सहभागीले यो तालिम लिएपछि नयाँ नयाँ खाद्य प्रविधि सिक्न तथा त्यसको प्रयोग गरेर उद्यमी बन्न सक्नेछन्। उक्त तालिममा सहभागी हुनका लागि खाद्य प्रविधि विकास तथा पोषण महाशाखा बबरमहल, काठमाडौमा निवेदन बुझाउनुपर्छ।

यो तालिम क-कसले निवेदन दिन पाउँछन्?

  • एस. एल. सी. उत्तीर्ण भएका सम्पूर्ण नेपाली नागरिकहरूले
  • खाद्य प्रविधीबारे सिक्न तथा त्यही क्षेत्रमा व्यवसाय गर्न इच्छुक भएका नेपाली नागरिकले

निवेदन दिन के के कागजात चाहिन्छ?

  • नागरिकताको प्रतिलिपि
  • शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि
  • महाशाखाले उपलब्ध गराउने निवेदनको ढाँचामा लेखिएको निवेदन

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

आवश्यक कागजातहरू सहित २०७५ साल मङ्सिर १४ गते शुक्रवारभित्र निवेदन पेस गरिसक्नु पर्छ।

अन्तर्वार्ता दिने मिति कहिले हो?

२०७५ साल मङ्सिर १६ गते आइतबार बिहान ११ बजे देखि दिनको २ बजेसम्म अन्तर्वार्ता दिन पुगिसक्नुपर्छ।

अन्तर्वार्ताको नतिजा प्रकाशन कहिले हुन्छ?

२०७५ साल मङ्सिर १७ गते सोमबार, ११ बजे अन्तर्वार्ताको नतिजा प्रकाशन हुन्छ।

तालिम कहिलेबाट सुरु हुन्छ?

२०७५ साल मङ्सिर १८ गते मङ्गलवारदेखि १० दिने तालिम सुरु हुन्छ। तालिम कहाँ हुन्छ भन्ने बारेमा अन्तर्वार्ता पास भएपछि जानकारी हुनेछ।

नोट: तालिममा छनौट भएका सहभागीहरूका लागि कुनै पनि दैनिक भत्ता साथै खाने बस्ने सुविधाको व्यवस्था गरिएको छैन।

थप जानकारीका लागि खाद्य प्रविधि विकास तथा पोषण महाशाखा, बबरमहल, काठमाडौँमा सम्पर्क गर्नुहोस्।

फोन: +९७७-१-४२६२३६९, ४२६२७४१

इमेल:This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट: http://www.dftqc.gov.np/ne/index.php

 सूचना जस्ताको त्यस्तै:



0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img