Photo Source : treille-muscate.info

आर्थिक वर्ष २०७५/७६ मा ललितपुर महानगरपालिका नगर कार्यपालिकाद्वारा विभिन्न सिप विकास तालिमहरू सञ्चालन हुने भएको छ । अन्तरवार्ता मार्फत सहभागी छनौट गरिने उक्त तालिमका लागि इछ्युक व्यक्तिहरूलाई आवेदन दिन नगरपालिकाले आव्हान गरेको छ । तालिम निम्न विषयमा दिइनेछ:

 

सि. न.

          विवरण

-कोटा

  सङ्ख्या

     अवधि

         आवश्यक शैक्षिक योग्यता

  १.

स्पेसल सिलाई तालिम

 १

 २५ जना

 ४ महिना

आठ कक्षा उत्तीर्ण गरी एड्भान्स सिलाई तालिम प्राप्त

  २.

एड्भान्स सिलाई तालिम

 १

 २५ जना

४ महिना

आठ कक्षा उत्तीर्ण गरी बेसिक तालिम प्राप्त गरेको

  ३.

साधारण ब्युटिसियन तालिम

 १

 २५ जना

 ५ महिना

एस. एल. सी. उत्तीर्ण गरेको

  ४.

एड्भान्स ब्युटिसियन तालिम

 १

 २५ जना

 ४ महिना

एस. एल. सी. उत्तीर्ण गरी बेसिक तालिम प्राप्त गरेको

  ५.

कुक तालिम

 १

 २५ जना

 ४५ दिने

एस. एल. सी. उत्तीर्ण गरेको



क-कसले तालिम लिन पाउँछन्?

  • १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषहरूले तालिम लिन पाउँछन्

 

के के कागजात चाहिन्छ?

  • नागरिकताको प्रमाणपत्र
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • बेसिक अथवा एड्भान्स तालिम लिएको भए त्यसको प्रमाणपत्र

 

आवेदन कहाँ दिने?

आवश्यक कागजात लिएर ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा अथवा सामुदायिक विकास शाखामा आवेदन दिन सकिन्छ ।

 

आवेदन दिने अन्तिम मिति कहिले हो?

यो सूचना प्रकाशित भएको १५ दिन भित्रमा निवेदन बुझाइसक्नु पर्छ। यो सूचना २०७५/०७/२८ मा प्रकाशित भएको हो। त्यस अनुसार २०७५/०८/१३ गतेसम्ममा आवेदन दिईसक्नु पर्छ ।

 

नोट: आवेदन फारम नि:शुल्क प्रदान गरिन्छ भने टिकट दस्तुर रु. १० लाग्नेछ ।

 

कहाँ सम्पर्क गर्ने?

थप जानकारीका लागि ललितपुर महानगरपालिका कार्यालय सामुदायिक विकास शाखामा सम्पर्क गर्नुहोला ।

ललितपुर महानगरपालिकाको फोन: १५५२२५६३

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 

सूचना जस्ताको त्यस्तै:




      

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img