Photo Source : TMW

अपाङ्ग पुनर्स्थापना तथा असहाय सेवा केन्द्र, नेपाल धरानको आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग विकास कार्यालय, नगरपालिका कार्यालयहरूसँग समन्वय र सहककार्यमा निम्न लिखित तालिमहरू निःशुल्क रूपमा सञ्चालन गरिने भएको छ:

क्र सं

तालिमको नाम

अवधि

सङ्ख्या

आवश्यक योग्यता

सुरु हुने समय

आधारभूत सिलाई कटाई

३ महिने

२०

साधारण लेखपढ

२०७५ मङ्गसिर १०

एडभान्स् सिलाई कटाई

३ महिने

१०

३ महिने आधारभूत सिलाई कटाई तालिम प्राप्त

२०७५ मङ्गसिर १०

बुटिक तथा इम्ब्रोइडरी

३ महिने

१०

साधारण लेखपढ

२०७५ मङ्गसिर १०

मोबाइल मर्मत

३ महिने

१०

कम्तिमा कक्षा ८ पास

२०७५ मङ्गसिर १५

कम्प्युटर हार्डवेयर सफ्टवेयर

३ महिने

१०

एस. एल. सी पास

२०७५ मङ्गसिर १५

व्यावसायिक शिक्षक तालिम

६ महिने

६ महिने डिप्लोमा तालिम प्राप्त

२०७५ मङ्गसिर २०

लुगा धुने साबुन, धूप अगरबत्ती बनाउने

१ महिने

१०

अपाङ्गहरू निजका परिवार र अति विपन्नलाई मात्र

२०७५ चैत्र

 तालिम कसले पाउँछ ?

यो तालिम अपाङ्गता भएका व्यक्तिहरू, उसको आश्रित परिवारहरू, एकल महिला र अति विपन्न महिला तथा पुरुषहरूको लागि हो ।

अन्तिम मिति कहिले हो ?

२०७५ मङ्गसिर ५ गते भित्रमा संस्थाको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

के कागजात चाहिन्छ ?

  • आफ्नो आर्थिक, पारिवारिक र शारीरिक अवस्था खुलेको स्थानीय निकायबाट सिफारिस
  • नागरिकताको प्रतिलिपि
  • निवेदन दिने व्यक्तिसँग सम्बन्धित परिचय पत्रहरू (जस्तै: अपाङ्गता परिचय पत्र, एकल महिला परिचय पत्र आदि)
  • तालिमको माग अनुसार शैक्षिक प्रमाणपत्र

कहाँ सम्पर्क गर्ने ?

अपाङ्ग पुनर्स्थापना तथा असहाय सेवा केन्द्र, नेपाल

वार्ड नं १८, धनकुटा रोड

सम्पर्क: ०२५-५२२२५१, ९८५२०४७३५४, ९८५२०४७९५६, ९८४२०३९५३९

आधिकारिक सूचना जस्ताको तस्तै:

 

 

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img