सुरक्षित आप्रावासन परियोजना(सामी)ले Garment Machine Operator(विद्युतीय मेशिनमा सिलाई गर्ने), Masonry(डकर्मी), Shuttering Carpentry(फर्मा लगाउने), Welding(वेल्डिंग), Industrial Electrician(थ्री फेज सम्बन्धी बिजुलीको काम) र Scaffolding(फलामको पाइपको खट बाँध्ने) जस्ता विदेशमा आवश्यक सीपहरू सम्बन्धी तालिम दिने भएको छ।

तालिम नि:शुल्क सञ्चालन हुनेछ भने तालिमको अवधि १ महिनाको हुनेछ। तालिम अवधिभर नि:शुल्क  खान र बस्नको सुविधा पनि उपलब्ध गराइनेछ।

गार्मेन्ट मेशिन अपरेटर सम्बन्धी तालिमका लागि कक्षा ५ सम्म पढेका २० देखि ३० वर्ष उमेरका महिला र अन्य तालिमका लागि साधरण लेखपढ गर्न जान्ने देखि SEE सकेका २० देखि ४० वर्ष उमेरका पुरुषले तालिम लिन पाउने छन्।

अधिक जानकारीका लागि 9840255280 र 9840248034 मा सोमबार देखि शुक्रबार बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म सम्पर्क गर्नुहोला।

तालिम सुरु हुने मिति: तालिम अनुसार २०७५ श्रावण ३ र ७ अनि भाद्र २ र ६ गते

तालिम अवधि: एक महिना

तालिम हुने स्थान: माछापोखरी, काठमाडौँ

आवश्यक योग्यता:

  • गार्मेन्ट मेशिन अपरेटरका लागि २० देखि ३० वर्ष उमेरका कक्षा ५ पास गरेका महिला
  • अन्य कामका लागि २० देखि ४० वर्ष उमेरका सामान्य लेखपढ गर्न जान्ने देखि SEE पास गरेका पुरुष

थप जानकारीका लागि: 9840255280 र 9840248034

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img