व्यावसायिक योजनामा उल्लेख गर्नुपर्ने कुराहरू

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यावसायिक योजनामा सामान्यतया पाँच वटा मुख्य विषयहरू, जस्तै: बजार योजना, उत्पादनको योजना, खर्चको योजना,वित्तीय योजना, वार्षिक लागत आदि रहेका हुन्छन्। 

  • व्यवसायको उद्देश्य, सञ्चालन गर्ने व्यक्ति वा संस्था, ठाउँ, आकार सहित व्यवसायको संक्षिप्त परिचय ।
  • व्यवसायबाट उत्पादन गरिने वस्तु, दिइने सेवाको अनुमानित परिणाम अर्थात् महिना ,वर्षमा कति सेवा दिने हो ? कति उत्पादन गर्ने हो ? त्यसको विवरण।
  • व्यवसाय सञ्चालन गर्ने स्थान, आवश्यक कच्चा पदार्थ पाइने ठाउँ, यातायातको सुविधा सहित बिजुली पानी आदि पूर्वाधारको अवस्था।  
  • उत्पादित वस्तु तथा सेवाको बजार अर्थात् मुख्य ग्राहक को हुन् ? तिनीहरूसम्म कसरी आफ्नो सेवा पुर्‍याउने त्यसको विवरण। 
  • दैनिक, मासिक, वार्षिक कति उत्पादन गर्ने हो ? त्यसको लक्ष्य, वस्तु तथा सेवाको प्रति इकाई लागत मूल्य । 

जस्तै: खाजा पसल हो भने प्रति एक खाजा सेटको कति लाग्छ ? फर्निचर हो भने मानौँ टेबल बनाउँदा कति लाग्छ ? र बुनाइ हो भने एउटा स्विटर बनाउन कति खर्च लाग्छ। 

  • आवश्यक मेसिन औजार वा साधनहरू के-के हुन् ? त्यसको विवरण।
  • कामदार सङ्ख्या, आवश्यक पर्ने सीप तथा अनुभव।
  • आवश्यक पर्ने खर्चको व्यवस्था, आफूसँग पहिल्यै भएको खर्च ऋण लिनुपर्ने खर्च।
  • उत्पादन तथा सेवाको कति मूल्य लिने त्यसको निर्णय।
  • हप्ता, महिना वा वर्षमा कति आम्दानी हुन्छ र सबै खर्च कटाएर कति नाफा हुन्छ ? त्यसको लेखाजोखा।

व्यवसायिक योजनाको नमूना (सारांश) 

 व्यवसायको नामः …………………………

उद्यमीको नामः ………………………………

ठेगानाः 

उद्यम स्थापना गर्ने स्थान: ………………………….  

उत्पादन लक्ष्य : …………………………………

वार्षिक विक्री लक्ष्य: रु. ……………………

कुल पुँजी: रु. 

      स्थिर पुँजी: रु…………………….. 

                     चालू पुँजी रु…………………………   

पूर्व सञ्चालन खर्च रु. ………………………………

लगानीका श्रोतहरु 

स्व —लगानी रु. ………………………… 

ऋणः रु. ……………………………… 

       अनुदानः रु…………………………

वार्षिक बिक्रीबाट भएको आम्दानी रु. ………………………

जम्मा खर्चः

वार्षिक प्रत्यक्ष खर्च:  रु……………………..

         वार्षिक अप्रत्यक्ष (Fixed) खर्च: रु……………………. 

 खुद नाफा: रु. …………………………..

 लगानीमा प्रतिफल:  …………… % 

लगानी उठ्ने अवधि (वर्षमा):  ………………………..

पार विन्दु:  ………………………… % 

 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।