आफ्नो फर्म/कम्पनी कसरी नवीकरण गर्ने?

पछिल्लो अपडेट गरिएको: मंसिर २, २०७८

कम्पनी वा फर्म कानुनी रूपमा सञ्चालन गर्न हरेक वर्ष वा तोकिएको अवधिमा सरकारलाई दस्तुर बुझाउनुपर्ने हुन्छ। यो दस्तुर सरकारलाई बुझाएपछि कम्पनी नवीकरण हुन्छ। तर यसरी समयसमयमा नवीकरण दस्तुर नतिरेमा कम्पनी गैरकानुनी मानिन्छ। यस्तो हुँदा भारी जरिवाना तिर्नुपर्ने देखि कम्पनी खारेज नै पनि हुनसक्छ। यो लेखमा हामीले उद्योग नवीकरण कहाँ, कसरी र कति दस्तुरमा गर्न सकिन्छ भन्ने बारेमा लेखेका छौँ।

कहाँ नवीकरण गर्ने?

फर्म नवीकरण गर्नको लागि सो फर्म दर्ता गरेको ठाउँ(जस्तै सानो उद्योग भए घरेलु तथा  साना उद्योग कार्यालय, कम्पनी भएमा कम्पनी रजिस्टारको कार्यालय) मा गएर तोकिएका कागजात पुर्याएर तोकिएको दस्तुर तिरी नवीकरणको लागि निवेदन दिनुपर्छ।

कति समयमा गर्नुपर्छ?

  • साझेदारी व्यवसाय हो भने हरेक वर्ष र प्राइभेट फर्म हो भने पाँच वर्षको अवधिमा उद्योग नवीकरण गर्नुपर्ने हुन्छ। यो समय कटेको ३५ दिन भित्र नवीकरण गरिसक्नुपर्छ।
    • यसो नगरेमा दस्तुर दोब्बर, तेब्बर हुँदै जानेछ।
  • यसरी ३५ दिन कटेको ६ महिनापछि पनि नवीकरण गरिएन भने व्यवसाय खारेज हुनेछ।

केके कागजात चाहिन्छ?

  • रितपूर्वक भरेको निवेदन फारम
  • रु. १० को टिकट
  • नवीकरण दस्तुर तिरेको रसिद
  • उद्योग दर्ताको सक्कल प्रमाण पत्र
  • अघिल्लो आर्थिक वर्षको कर तिरेको रसिद
  • ५० लाख वा सो भन्दा बढी पुँजी भएको फर्म हो भने लेखा परिक्षण प्रतिवेदन (Audit Report)

कति दस्तुर लाग्छ?

  • रु १,००,००० सम्म रु ६००।–
  • रु १,००,००१ देखि ३,००,००० सम्म रु २,०००।–
  • रु ३,००,००१ देखि ५,००,००० सम्म रु ४,०००।–
  • रु ५,००,००१ देखि १०,००,००० सम्म रु ७,५००।–
  • रु १०,००,००१ देखि ५०,००,००० सम्म रु १०,०००।–
  • रु ५०,००,००१ र सो भन्दा माथि रु १५,०००।–

स्रोत: प्राइभेट फर्म सम्बन्धी मापदण्ड, २०७१

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।